पोखरा । मदरल्याण्ड सेकेण्डरी स्कुलका सुयोग अधिकारी निबन्ध लेखन प्रतियोगितामा प्रथम भएका छन् । हिसान कास्कीले आयोजना गरेको अंग्रेजी तथा नेपाली निबन्ध लेखन प्रतियोगिताअन्तर्गत अंग्रेजी विधातर्फ उनी प्रथम भएका हुन् । सुयोग कक्षा १२ का छात्र हुन् ।
१७ औं हिसान स्पोर्टस् मिट–२०८१ अन्तर्गत हिसानले गत ७ मंसिरमा सगरमाथा स्कुलमा उक्त प्रतियोगिता आयोजना गरेको थियो । विजेतालाई मंगलबार पोखरा रंगशालामा आयोजित १७ औं हिसान स्पोर्टस् मिट उद्घाटनमा पुरस्कृत गरिएको हो ।
प्रतियोगितामा एक्स आर्मी पब्लिक सेकेण्डरी स्कुलका अंकित रानाभाट, ग्लोबल कलिजियटकी आकृति पौडेल र स्टेप बाई स्टेपका कमलबहादुर क्षेत्री दोस्रो भए । जुनियर सिटिजन्स एकेडेमीकी सुशानी रानाभाट तेस्रो तथा हिल पोइन्ट सेकेण्डरी स्कुलकी रिसिका बसेल सान्त्वना भइन् ।
नेपाली विधातर्फ प्रतिभा माविकी दीपाली भट्टराई प्रथम भइन् । करुणानिधि एजुकेसन फाउण्डेसनकी अञ्जना पौडेल दोस्रो, गुरुकुल विद्या सदनकी रेणु परियार तेस्रो तथा माउन्ट अन्नपूर्णकी पूर्णिमा गुरुङ सान्त्वना भए ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा आयोजित उद्घाटन समारोहमा शिक्षा निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिकाप्रसाद आचार्य लगायतले पुरस्कृत गरेका हुन् ।
६१ शिक्षण संस्थाले भाग लिएको हिसान स्पोर्टस् मिट ३ दिनसम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१