पोखरा । पोखरा महानगरपालिका ८ नम्बर वडा बाल मञ्च आयोजनामा ‘सामाजिक मिडिया समाजका लागि हानिकारक नभई, लाभदायक’ विषयक वादविवाद प्रतियोगिता भएको छ ।
प्रतियोगितामा जनप्रिय माविकी कञ्चन बिक प्रथम भएकी छन् । यस्तै, सृजना माविकी सपना शर्मा द्वितीय, लक्ष्मी आवासीय माविकी सृष्टि आचार्य तृतीय र राम आधारभूत विद्यालयका मिसन मगर सान्त्वना भए ।
निर्णायकमा साहारा आधारभूत विद्यालयका प्रअ लोचना अधिकारी, अधिवक्ता एवं पत्रकार सुष्मा पौडेल र पोखरा महानगरपालिका सामाजिक शाखाकी बेलकुमारी गुरुङ थिए ।
प्रतियोगितामा न्यू मोडलकी सृष्टि बराल, सिर्जना माविकी अपेक्षा अधिकारी, राम आविकी सन्ध्या चौधरी र पलसरी बुढा, लक्ष्मी आवासीयकी प्रकृति ठकुरी, पोखरा एकेडेमीकी आयुषा रानाभाट र शिखा पुनले समेत भाग लिएका थिए ।
वडा अध्यक्ष रुद्रनाथ बरालले प्रतियोगिता उद्घाटन गर्दै बालबालिकाको चौतर्फी विकासमा वडा कार्यालय सधैँ सहकार्य गर्न तत्पर रहेको बताए ।
वडा सदस्य पवित्रा केसीले वडा ८ मा एक सार्वजनिक विद्यालय र १० निजी विद्यालय रहेको बताउँदै सबैलाई सहभागी गराउन नसके पनि ६ विद्यालयका ११ विद्यार्थी सहभागी भएको बताइन् ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा. नवराज न्यौपानेले विद्यार्थीलाई विभिन्न प्रतियोगितामा सहभागी गराउँदा पढाइ साथै अन्य क्षेत्रमा पनि सक्षम हुन मद्दत मिल्ने बताए ।
विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले अहिले बालबालिका मोबाइलबिना कुनै पनि काम गर्न नसक्ने अवस्थामा पुगेको बताए ।
बाल मञ्च अध्यक्ष सुशान न्यौपाने, सचिव समीप सापकोटाले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्मा गिरीले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१