पोखरा । सामाजिक सेवामा क्रियाशील पोखराको युनाइटेड क्लबले गरिब विद्यार्थीलक्षित गरी छात्राबास निर्माण सुरु गरेको छ । क्लबले पोखरा २७, अर्चलेमा निर्माण गर्न लागेको उक्त छात्राबासको सोमबार प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले शिलान्यास गरे ।
क्लबका संस्थापक अध्यक्ष तथा युनाइटेड आवासीय छात्रावास निर्माण समिति संयोजक हिमालय बख्रेलले क्लबको परियोजनारुपमा आवासीय छात्रावास निर्माण गर्न लागिएको जानकारी दिएन । उनले निर्माणमा तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताए । करिब ४ करोड लागतमा निर्माण हुने छात्राबासमा सरकारी, विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिहरुको सहयोग आवश्यक रहने उनले बताए ।
८ रोपनीमा निर्माण हुने दशकोठे छात्राबासमा ५० जना विद्यार्थी क्षमताको हुनेछ । पहिलो वर्ष ४ कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षैपिच्छे निर्माण कार्य निरन्तरता दिने उनले सुनाए ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा युनाइटेड क्लब पोखरा चर्चित छ । क्लबले बर्सेनि पोखराको अमरसिंहचौरमा पोखरा महोत्सव आयोजना गर्छ ।
सांसद गुरुङले क्लबले महोत्सव आयोजना गरी सामाजिक काम मार्फत अगाडि बढिरहँदा हाल आएर गरिब विद्यार्थीलक्षित गरी छात्राबास निर्माण थालनी गर्नु आफैँमा सह्रानीय काम भएको बताए । उनले निर्माणमा व्यक्तिगततर्फबाट सक्दो सहयोग गर्ने तथा विभिन्न मन्त्रालय र विभागमा समेत उक्त योजना अगाडि बढाउन पहलकदमी गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।
पोखरा २७ का वडा सदस्य सूर्यबहादुर वाग्लेले आफ्नो वडा त्यसमा पनि कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल नजिकै छात्रावास निर्माणमा वडाको तर्फबाट सक्दो सहयोग रहने बताए । छात्राबाससम्म पुग्न वडाले यसअघि नै सडक निर्माण गरिसकेको बताउँदै वाग्लेले आगामी दिनमा उक्त सडक स्तरोन्नति गर्ने बताए ।
क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापना शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र त्यसमा पनि पोखरामा खुला चिडियाखाना निर्माण पहल गर्दै आएको र क्लबकै पहलमा पचभैयामा चिडियाखाना निर्माण जारी रहेको भए तापनि सरकारले खुला चिडियाखाना भन्दा पनि घाइते भएका वन्यजन्तुको उद्धार केन्द्र बनाउनतर्फ अगाडि बढिरहेको बताए ।
क्लब अध्यक्ष लोकबहादुर थापाले छात्राबासले शिक्षाको क्षेत्रमा सानो भए तापनि सहयोग पुग्ने बताए । कार्यक्रममा क्लब पदाधिकारी तथा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थी, पोखरा २७ का जनप्रतिनिधि, विभिन्न आमा समूहका पदाधिकारी तथा सदस्यहरुसँगै स्थानीयको उपस्थिति थियो । क्लब वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाको स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन महासचिव दिनेश सुनारले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१