पोखरा । निवृत्त प्राध्यापक समाज पोखराले सोमबार ‘निवृत्त प्राध्यापक मञ्चः संक्षिप्त जीवनी’ लोकार्पण गरेको छ । जसमा कास्कीका विभिन्न क्याम्पसबाट सेवानिवृत्त अध्यापक तथा प्राध्यापकका अनुभव–अनुभूति संग्रहित छ ।
समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले शिक्षामा सुधार आवश्यक भएकाले सरकारले अनुभव प्राप्त प्राध्यापकहरूसँग सहकार्य गरेर समस्याको निक्र्यौल गर्न सकेमा राम्रो हुने धारणा राखे । उनले शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याउन निवृत्त प्राध्यापकहरूलाई जाग्नका लागि पनि अनुरोध गरे ।
पुस्तक समीक्षा गर्दैै प्राडा जगन्नाथ रेग्मीले किताबलाई बहुरङ्गी बगैँचाका अनेक फूलकारूपमा चित्रित गरे । उनले कृतिलाई समाजका प्रतिनिधि घटनाको दस्तावेज समावेश भएको छायाचित्रका पनि रूपमा चिनाए ।
पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले सेवानिवृत्त प्राध्यापकहरूले भोलि सबै निवृत्त साथीहरू भेला हुने मञ्च बनाएकोमा आभार व्यक्त गरे । वर्तमान पुस्तालाई उक्त पुस्तकले नयाँ ज्ञान आर्जन हुने बताउँदै क्याम्पस सदा अग्रजको सम्मानमा लाग्दै आएको धारणा व्यक्त गरे ।
प्राडा यादव शर्मा गौडेलले धेरैका अनुभव, सुझाव र सल्लाहमात्र नभएर अथाह ज्ञानबाट निस्केको ज्योतिकारूपमा कृतिलाई चिनाउँदै कृतिले प्राध्यापकहरूको गौरवलाई अझ गौरवपूर्ण तुल्याउने बताए ।
कलाकार रमेश श्रेष्ठले पुस्तकका कारण अग्रज गुरुहरूसँग भेट हुन पाउनु आफ्ना लागि गौरवको विषय भएको धारणा राखे ।
सम्पादन समितिका प्राडा कृष्णप्रसाद पौडेलले समाजले जर्नल प्रकाशन गर्ने योजना बनाएकोमा जीवनी प्रकाशित गर्दा उपयुक्त हुने देखिएकाले २०८० भदौ २३ देखि निरन्तरको प्रयासले किताब यो रूपमा पाठकका हातमा आइपुगेको जानकारी दिए ।
समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले कृति प्रकाशन सन्दर्भबारे प्रकाश पार्दै संस्थामा आवद्ध पदाधिकारीको स्वास्थ्य अवस्था, मन र धनले साथ दिँदासम्म सेवाका गतिविधिमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा समाजका उपाध्यक्ष प्राध्यापक पद्मशरण रेग्मीले स्वागत मन्तव्य र सचिव प्राडा ज्ञानबहादुर कार्कीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१