आइकोनिक रिमझिम बल क्यान्डी

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०८१
sujal

पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ ।

नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन् १९७६ मा पहिलोपल्ट ल्याएको उक्त क्यान्डीको मिठो र पिरो स्वादको मिश्रणलाई धेरैको बाल्यकाल यादगार बनाउन सहयोग गरेको थियो । जसलाई माया गरेर ‘ब्ल्याक बल’ पनि भन्ने गरिन्थ्यो ।

सुजल फुड्सले फेरि एकपटक उपभोक्तामाझ पिरो मिश्रित मिठो स्वादको पुरानो याद ताजा बनाउन रिमझिम बल पुनः लन्च गरेको जनाएको छ । यो क्यान्डीको पुरानाको स्वाद जस्ताको तस्तै राखिएको छ । अब ४.५ ग्रामको क्यान्डी मात्र २.५ रुपैयाँमा पाइनेछ । यो आकर्षक जार तथा प्याकेटमा उपलब्ध छ । जसमा क्यान्डीका विशेषता स्पष्ट देख्न सकिन्छ । साथै पारदर्शी डिजाइनले जार तथा प्याकेटको सामग्रीलाई स्पष्टरुपमा प्रस्तुत गर्छ । जारमा १५० पिस र प्याकेटमा ८० पिस स्वादिलो रिमझिम बल राखिएको छ ।

पछिल्लो समय विभिन्न मिडिया प्लेटफर्ममा ओरिजिनल ब्ल्याक बल क्यान्डीबारे निकै चर्चा र उपभोक्ताको मागका कारण यसलाई पुनः पोखराबाट लन्च सुरु गरिएको कम्पनीले जनाएको छ । यो, अब छिट्टै देशैभर उपलब्ध हुनेछ । मिठो पिरो क्यान्डी र ब्लाक बलको ब्यानरमुनि कम्पनीले पुनः लन्चिङका विभिन्न क्रियाकलाप गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…
  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…
  • ‘सफल फेमिली मिल्कमा उच्च गुणस्तर’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । सुजल डेरी प्रालिद्वारा उत्पादित ‘सफल फेमिली मिल्क’ मा उच्च गुणस्तर रहेको कम्पनीले दाबी गरेको छ । महत्वपूर्ण तत्वहरु…

hero news full width