पोखरा । माछापुच्छ्रे रनिङ शिल्डमा ज्ञानज्योति बोर्डिङ स्कुल च्याम्पियन भएको छ ।
माछापुच्छ्रे गाउँपालिका आयोजनामा १२ विद्यालयले भाग लिएको सो प्रतियोगितामा वडा ४, लाहाचोकको ज्ञानज्योति ५ स्वर्ण, २ रजत र १ कास्यसहित च्याम्पियन बनेको हो । उसले रनिङ शिल्डसँगै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
मेहेन्द्र मावि खेलमैदान, लाहाचोकमा ३ दिनसम्म चलेको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कास्यसहित माछापुच्छ«े मावि दोस्रो भएको छ । वराह माविले ४ स्वर्ण, ७ रजत र २ कास्यका साथ तेस्रो स्थान प्राप्त गरेको छ । उनीहरुले क्रमशः १० हजार र ७ हजार ५ सय रुपैयाँ साथमा ट्रफी पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा अन्तर मावि भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, विभिन्न ट्रयाकमा दौड, हाईजम्म, लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपासलगायत खेल भएको गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
२५ औं आदर्श कप
पूर्वाधार निर्माणमा खेलकुद मन्त्री सकारात्मक
गण्डकी विश्वविद्यालयको कुलपति रनिङ शिल्ड तयारी
टेनिसमा १० देशका खेलाडी
१८ औं प्याब्सन स्पोर्टस् मिटमा ४५ सय विद्यार्थी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१