गुरुकुल विद्यासदनमा खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०८१
gurukul.

पोखरा । पोखरा–९, नयाँबजारस्थित गुरुकुल विद्यासदन माविमा वार्षिक कार्यक्रमअन्तर्गत खेलकुद सप्ताह भएको छ ।

जसमा छात्र फुटबल, छात्रछात्रा बास्केटबल, रस्साकस्सी, दौड, रिले दौड, फुटसल (कक्षा १–३) भएको हो । प्रतियोगिता अन्तरिकरुपमा विद्यालयमा तथा बाह्यरुपमा पोखरा २० स्थित भलामचौर मैदानमा भएको थियो ।

विद्यालय अध्यक्ष रवि कार्कीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विद्यालय प्रयासमा रहेको स्पष्ट पार्दै पठनपाठन अलावा खेल गतिविधिलाई पनि महत्व दिँदै आएको बताए । उनले अनुशासनलाई ख्याल गर्न विद्यार्थीलाई सुझाव दिँदै सिर्जनशीलता भन्ने कुरा जीवनमै महत्वपूर्ण हुने बताए ।

प्रधानाध्यापक नारायण आचार्यले विद्यार्थीका सकारात्मक क्रियाकलापमा विद्यालय सधैं सहयोगी बन्ने धारणा राख्दै स्वास्थ्यका लागि खेल आवश्यक रहेको औँल्याए ।

त्यस अवसरमा सहप्रधानाध्यापक भुवन सुवेदी, सहायक प्रधानाध्यापक फणीन्द्र अधिकारी, लेखा प्रमुख हरि ढकाल, अतिरिक्त क्रियाकलाप प्रमुख अशोक सोतीलगायतले खेलले चिनारी दिनुका साथै शारीरिक तथा मानसिकरुपमा स्वस्थ राख्न सहयोग पुग्ने बताए ।

विद्यालय अध्यक्ष कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लेखा संयोजक ढकालले स्वागत र अतिरिक्त क्रियाकलाप प्रमुख सोतीले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width