पोखरा । पोखरा–७, मासबारस्थित डिज्नील्याण्ड एकेडेमीको १८औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
शनिबार पोखरा सभागृहमा आयोजित उक्त समारोहमा विभिन्न विधामा सम्मानसमेत गरियो । सम्मानित हुनेमा एसइई–२०८० मा ४ जिपिए ल्याउने स्मृति लम्साल, सृष्टि भण्डारी र सृष्टिना पौडेल छन् ।
त्यस्तै, ४ जिपिए ल्याउन सहयोग पु¥याउने विषय शिक्षकहरु अभिशेक कुँवर, दीपक पोखरेल, दीपेश बराल, शर्मिला घले, प्रेम गिरी र हरि शर्मा पनि सम्मानित भए ।
१० वर्ष कार्यरत् शिक्षक–कर्मचारीतर्फ जमुना भट्टराई, गीता चौधरी र शोभा अधिकारी, ७५ वर्षमाथिमा १५ जना ज्येष्ठ अभिभावक तथा इञ्जिनियर बन्न सफल ३ जना पूर्व विद्यार्थीलाई पनि विद्यालयले सम्मान ग¥यो । विद्यालयबाट प्रत्येक वर्ष दिँदै आएको डिज्नी रत्न–२०८० सम्मान असल अभिभावक, भजन मण्डली, विभिन्न लय, भाका, झ्याउरेलगायत विभिन्न विधामा आफ्नो उत्कृष्ट प्रस्तुति गर्नेलाई सम्मान गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले व्यावहारिक शिक्षामा जोड दिँदै जीवनलाई समृद्धि बनाउन पठनपाठन अलावा अतिरिक्त क्रियाकलापतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गरे ।
पछिल्लो समय अभिभावकमा मोबाइले लत बस्दा त्यसको प्रत्यक्ष असर बालबच्चामा परेको भन्दै आचार्यले लगनशील भएर अध्ययनमा जुट्न विद्यार्थीलाई सुझाव दिए ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले डिज्नील्याण्डले गरेको प्रगति जिल्लाकै नमुना भएको भनाइ राख्दै त्यसलाई बचाइराख्न शुभेक्षा व्यक्त गरे ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलले व्यावहारिक शिक्षाबाट मात्रै जीवनयापन गर्न सकिने धारणा राखे ।
त्यस अवसरमा अभिभावक सञ्जय सुवेदी, प्रधानाध्यापक नरेशप्रसाद बराल, निर्देशक मित्रबन्धु बराललगायतले बोलेका थिए । कार्यक्रमबीच राष्ट्रिय कलाकार पुरुषोत्तम न्यौपाने, विद्यार्थी, शिक्षक लगायतले विभिन्न प्रस्तुति राखे । कक्षा नर्सरीदेखि ८ सम्मका भाइबहिनीहरूले विभिन्न लोक तथा बाल गीतहरूमा आफ्ना कलात्मक नृत्य प्रदर्शन गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वरप्रसाद पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निर्देशक बरालले स्वागत तथा शिक्षकहरु प्रेम गिरी, अनुषा शर्मा र सशील नेपालीले संयुक्त रुपमा कार्यक्रम संचालन गरे ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१