पोखरा । पोखरा महागरपालिका वडा कार्यालय १५ ले क्रिकेट खेलाडी रचना चौधरीलाई ३४ हजार नगदसहित सम्मान गर्ने भएको छ । वडाध्यक्ष तोरणबहादुर बानियाँले आगामी पुसमा हुने वडा खेलकुद महोत्सवमा उनलाई ३४ हजार नगद तथा सम्मानपत्रले सम्मान गर्ने जनाए ।
पोखरा १५, फलेपाटनस्थित सिद्ध माविले चौधरीको सम्मानमा आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै वडाध्यक्ष बानियाँले सो घोषणा गरेका हुन् । उनले वडाको एक मात्र सामुदायिक विद्यालय सिद्धले खेलकुदका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिरहेको बताए ।
विद्यालय प्रधानाध्यापक गुरुदत्त कोइरालाले नेपाली यू–१९ महिला क्रिकेट टिमबाट गण्डकी प्रदेशबाट छनोट भई पहिलोपटक आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएकी चौधरीलाई बधाई तथा सम्मान गरेको बताए । कक्षा ११ मा अध्ययनरत चौधरीले छोटो समयमै क्रिकेट खेलमा प्रगति गरेको र परिवार, समाज, विद्यालयर गण्डकी प्रदेशकै इज्जत राखेको उनको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आलेले रचनाको प्रगति लोभलाग्दो भएको जनाए ।
पोखरा १५ गलेश्वरचोक निवासी १७ वर्षीया चौधरीले क्रिकेट खेल्नका लागि विद्यालय र वडा कार्यालयले सहज वातावरण निर्माण गरेको र खेलकुदका आवश्यक सामग्री प्रदान गरी आफ्नो क्रिकेट खेलमा टेवा पु¥याएकोमा आभार व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
२५ औं आदर्श कप
पूर्वाधार निर्माणमा खेलकुद मन्त्री सकारात्मक
गण्डकी विश्वविद्यालयको कुलपति रनिङ शिल्ड तयारी
टेनिसमा १० देशका खेलाडी
१८ औं प्याब्सन स्पोर्टस् मिटमा ४५ सय विद्यार्थी प्रतिस्पर्धामा
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१