पोखरा । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव तयारी थालिएको छ ।
अन्नपूर्ण गाउँपालिका ७ स्थित लान्द्रुकमा यही २२–२४ मंसिरसम्म हुने उक्त महोत्सवमा हनी हन्टिङको ऐतिहासिक एवं सांस्कृतिक महोत्सवबारे जानकारी एवं हनी हन्टिङ अभ्यासबारे विचार विमर्शसमेत गरिने छ ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समिति अध्यक्ष सुरेश गुरुङले महोत्सवमा भिरौटेको सम्मान, स्थानीय लोकबाजा प्रवद्र्धन, साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, विभिन्न व्यक्ति एवं संघसंस्थालाई सम्मानलगायतका कार्यक्रम हुने जानकारी दिए ।
त्यहाँ स्थानीय कोटेसाङको भिरमा रहेका मौरीको मह काढ्ने गरिन्छ । करिब एक शताब्दीपहिले लान्द्रुकेले भिरमौरीको मह काढ्ने गरेको इतिहास रहेको लान्द्रुक पोखरा समावेशी समाज अध्यक्ष शुकप्रसाद गुरुङले जानकारी दिए ।
‘त्यहाँ मौरी बचाउन निकै प्रयास गरेका छौं, चरनका लागि भिर वरपरिको क्षेत्रमा पर्युका सयौं रुख सारिएको छ,’ लान्द्रुक पोखरा समावेशी समाजका सल्लाहकार चन्द्रबहादुर गुरुङले भने, ‘महोत्सवलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता छ ।’ उनले जलवायु परिवर्तनको असर भिरमौरीमा समेत परेको सुनाउँदै भिरमौरी संरक्षणका लागि सरकारले नै ध्यान दिनुपर्ने सुझाए ।
संयोजक विष्णु चापागार्इंले महोत्सवलक्षित गरी स्थानीय होटल साथै होम स्टेमा सर्वसुलभ मूल्यमा खानेबस्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार लान्द्रुकमा एक रातमा करिब २ सय ५० जना पर्यटक राख्नसक्ने क्षमता छ ।
मूल आयोजक समिति सचिव एवं प्रचारप्रसार संयोजक बलबहादुर केसीले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न महोत्सव सफल हुने र समग्र अन्नपूर्ण गाउँपालिकाकै चिनारी बढाउने विश्वास व्यक्त गरे ।
कोटेसाङ भिरमा चैत÷वैशाख तथा कात्तिक÷मंसिर गरी वर्षमा दुईपटक मह काढ्ने गरिन्छ । त्यहाँको मह प्रतिलिटर ३ हजारमा सहजै बिक्री वितरण हुने गर्दछ । उक्त भिरमा हाल २२ वटा गोला रहेको स्थानीयको भनाइ छ ।
अन्नपूर्ण गाउँपालिका प्रवद्र्वक रहेको महोत्सवमा विभिन्न सामाजिक संघसंस्थाको सहयोग पनि रहनेछ ।
Related News
सम्बन्धित समाचार
नागीधार महोत्सव तयारी पूरा
२६ औं घलेल ल्होछार उत्सव
प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ
२६ औं पोखरा सडक महोत्सव सुरु
सेन्चुरी ल्होसार मेला तयारी
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१