पोखरा जेसीज अध्यक्षमा भाइराज

आदर्श समाज सम्वाददाता
मंसिर ९, २०८१
pokhara jesis

पोखरा । पोखरा जेसीजको वर्ष–२०२५ अध्यक्षमा भाइराज राना मगर सर्वसम्मत चयन भएका छन् । संस्थाको सम्पन्न ५० औं वार्षिक साधारणसभा तथा ४५ औं शाखा अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षमा किरण आचार्य, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र जेसी सुशील पौडेल चुनिए ।

साथै, निर्देशक सरोज पौडेल, सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदार चयन भए ।

अध्यक्ष राना मगरले विधानबमोजिम कानूनी सल्लाहकार सुमन पहारी, महासचिव रविन पौडेल, कोषाध्यक्ष रवीन्द्र गोदार, सचिव सञ्जय पौडेल लगायतलाई मनोनयन गरेका छन् ।

निर्वाचन आयुक्त मीनराज खड्का थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width