पोखरा । माछापुच्छ्रे रनिङ शिल्डमा ज्ञानज्योति बोर्डिङ स्कुल च्याम्पियन भएको छ । माछापुच्छ्रे गाउँपालिका आयोजनामा १२ विद्यालयले भाग लिएको सो प्रतियोगितामा वडा ४, लाहाचोकको ज्ञानज्योति ५ स्वर्ण, २ रजत र १ कास्यसहित च्याम्पियन बनेको हो । उसले रनिङ शिल्डसँगै नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।
मेहेन्द्र मावि खेलमैदान, लाहाचोकमा ३ दिनसम्म चलेको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कास्यसहित माछापुच्छ्रे मावि दोस्रो भएको छ । वराह माविले ४ स्वर्ण, ७ रजत र २ कास्यका साथ तेस्रो स्थान प्राप्त गरेको छ । उनीहरुले क्रमशः १० हजार र ७ हजार ५ सय रुपैयाँ साथमा ट्रफी पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा अन्तर मावि भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, विभिन्न ट्रयाकमा दौड, हाईजम्म, लङजम्प, ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपासलगायत खेल भएको गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुमबहादुर गुरुङले बताए ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक विष्णुप्रसाद अधिकारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१