सरस्वती आदर्श विद्याश्रमद्वारा अनिलको स्मृतिमा सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८१
15a0164c-b20d-437b-85c8-e3d05e790dda

पोखरा । सरस्वती आदर्श विद्याश्रम, लामाचौरले राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय तथा राधाकृष्ण वृद्धाश्रमलाई ब्ल्याङ्केट तथा खाद्यान्न सहयोग गरेको छ ।

आफ्ना विद्यार्थी अनिल गुरुङको २१ औं स्मृति दिवसमा विद्यालयले शुक्रबार पोखरा–३२, लामेआहालस्थित उक्त गुरुकुल तथा वृद्धाश्रमलाई १ लाख १० हजार बराबरको उक्त सहयोग गरेको हो ।

उक्त सहयोग विद्यालय अध्यक्ष डा. राधा भण्डारी, प्राचार्य कृष्ण गुरुङ, अनिलका बाबु मीनबहादुर गुरुङले वृद्धाश्रम परिसरमै आयोजित एक समारोहमा संयुक्तरुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा आश्रम तथा गुरूकुलका सदस्य तथा डायमण्ड बोर्डिङ स्कुलका संस्थापक माधवशरण उपाध्याय रेग्मीले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराए । उनले सरस्वती आदर्श विद्याश्रमले अनिल गुरुङको स्मृतिमा दुई दशकदेखि लगातार विविध कार्यक्रम गर्दै आएको स्मरण गरे ।

कार्यक्रममा राधाकृष्ण मन्दिर शान्ति आश्रमका अध्यक्ष गणेशबहादुर केसी, पूर्व जिल्ला शिक्षा अधिकारीसमेत रहेका राधाकृष्ण गुरुकुलका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी, गुरुकुलका प्राचार्य प्रकाश रेग्मी, सरस्वती आदर्श विद्याश्रमका अध्यक्ष डा. राधा भण्डारी, प्राचार्य कृष्ण गुरुङ, राधाकृष्ण वृद्धाश्रमका सदस्य शालिकराम सिग्देललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अनिलका बाबु मीनबहादुरले छोरा अब फर्केर नआए पनि विद्यालयले गरेको सहयोग कार्यक्रमले सान्त्वना मिल्ने उल्लेख गरे । उनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सुनमाया गुरुङले गरेकी थिइन् । कार्यक्रममा नेत्रनारायण उपाध्याय नेतृत्वमा विद्यार्थीले स्वागत गान तथा स्वस्ति वाचन गरे ।

वृद्धाश्रममा हाल करिब ३५ जना ज्येष्ठ नागरिक बसोबास गर्छन् भने गुरुकुलमा कक्षा ६–१० सम्म ३० जना विद्यार्थी छन् ।

कास्कीको तानचोकका अनिलको २०६० मंसिर ७ गते निधन भएको थियो । उनी त्यतिबेला कक्षा १० पढ्थे । उनको स्मृतिमा विद्यालयले ५० हजार र परिवारबाट ५ हजार ५ , हुलिमाया गुरुङ (अभिभावक सविता गुरुङ) को ५१० गरी कुल ५ हजार ५ सय १५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको थियो । साथै, विद्यार्थीले भाग लिने विभिन्न प्रतियोगिताबाट प्राप्त संस्थागत पुरस्कार रकम, शिक्षक, कर्मचारी र विद्यालय परिवार एवं अक्षयकोषबाट बर्सेनि सहयोग गर्दै आएको प्राचार्य कृष्ण गुरुङले बताए । यसअघि, विद्यालयले पोखरा वृद्धाश्रम, मानव सेवा आश्रमलगायत पनि सहयोग गरेको थियो । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म हाल करिब १ हजार जना विद्यार्थी अध्ययनरत रहेको प्राचार्य गुरुङले जानकारी दिए ।

पोखरा–१६, लामाचौरस्थित सरस्वती आदर्श विद्याश्रमले विद्यार्थीलाई पाठ्यक्रमका अलावा अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउँदै आएको प्रशासन प्रमुख स्वागतमान सिंह भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width