पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस, हेमजाको शुक्रबार ३४ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वाषिकोत्सव समारोह उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान् गुरुङले शैक्षिक संस्था राजनीतिक थलो बनाउँदा नेपालको शिक्षामा सोचेअनुसार प्रगति हुन नसकेको टिप्पणी गरे । उनले क्याम्पसलाई विशुद्ध शैक्षिकस्थल बनाउनुपर्ने सुझाव दिए ।
उनले त्रिविले ठीक समयमा परीक्षा तथा नजिता प्रकाशन नगर्दा लाखौं विद्यार्थीको समय बर्बाद भइरहेको गुनासो गरे । उनले व्यावहारिक शिक्षा पठनपाठन हुनुपर्नेमा समेत जोड दिए ।
शिक्षा विभागका पूर्व महानिर्देशक समेत रहेका हेमजा निवासी बाबुराम पौडेलले पढ्दै कमाउँदै शिक्षाको महत्वमाथि प्रकाश पार्दै दिगो स्रोतको अभाव गौरीशंकर क्याम्पस संचालनको प्रमुख चुनौती भएको औँल्याए । उनले गौरीशंकरमा अब प्राविधिक विषय पठनपाठनमा लागि छलफल चलाउनुपर्ने धारणा राख्दै आरोह–अवरोहबीच क्याम्पस संचालन भइरहेको पाइएको उल्लेख गरे ।
पोखरा महानगरपालिका प्रवक्तासमेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाले शिक्षा विकासको मूल आधार भएको स्पष्ट पार्दै अभिभावकको सपना तथा आफ्नो भविष्य सम्झेर पठनपाठन गर्न विद्यार्थीलाई सुझाए । नयाँ रणनीतिका साथ अब नयाँ तरिकाले क्याम्पस संचालन हुनुपर्ने उनले बताए । उनले क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा वडाको साथ रहने प्रतिबद्धतासमेत जनाए ।
शिव शक्ति क्याम्पस, पोखरा ११ फूलबारीका प्रमुख चन्द्रकान्त रेग्मीले नेपालमा सामुदायिक क्याम्पस संचालन चुनौतीपूर्ण रहेको सुनाउँदै ती चुनौती सामना गर्न समुदायको चासो आवश्यक रहेको बताए ।
त्रिविले ठीक समयमा परीक्षा तथा नजिता प्रकाशन नगर्दा विद्यार्थीको समय बर्बाद–कुलपति प्राडा गुरुङ
त्यस अवसरमा अक्षयकोषदाता भानुभक्त शर्मा पौडेल, गौरीशंकर माविका अध्यक्ष भोजराज पौडेल, समाजसेवी भीमप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष धर्मराज बास्तोला, सल्लाहकार मधुसुदन त्रिपाठी, रेडक्रस सर्कल अध्यक्ष मञ्जु सुनार लगायतले पनि शिक्षाको महत्वबारे प्रकाश पारे ।
क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले क्याम्पस उन्नयनका लागि हेमजावासी एक हुनुपर्ने जनाउँदै क्याम्पसको भौतिक निर्माणमा गण्डकी प्रदेश सरकार तथा महानगरको साथ रहेको स्मरण गरे ।
स्नातक तहमा विद्यार्थी संख्या कमी हुनु, भौतिक पक्ष कमजोर रहनु, यातायातको असुविधा तथा पूर्णकालीन प्राध्यापक तथा कर्मचारी नियुक्ति गर्न नसक्नु क्याम्पसका चुनौती रहेको सुनाउँदै प्रमुख पौडेलले पूर्व विद्यार्थी मञ्च गठनका लागि क्याम्पस सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे ।
कार्यक्रमबीच शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार एवम् छात्रवृत्ति वितरण गरियो ।
त्यस्तै, विद्यार्थी मञ्जु सुनार, रोजिना विक, पुजा परियार लगायत सम्मिलित टोलीले विभिन्न प्रस्तुति राखेको थियो । आ–आफ्नो विषयमा शत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल प्राध्यापकहरुलाई पनि सम्मान गरियो ।
क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रमा त्रिपाठीले स्वागत र सहायक प्राध्यापक चन्द्रकान्त भट्टराईले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
हिमालय माविमा श्यामप्रसाद
वाराही माविको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१