शिक्षक संगठनमा श्रीकान्त

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८१
teacher

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन, पोखरा महानगर समितिले संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमअन्तर्गत वडा १ मा शिक्षक भेला गरी वडा कमिटी गठन गरेको छ । संगठनको भेलाबाट श्रीकान्त सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष, सचिव र कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः तुलाराम पौडेल, हरि अधिकारी, कलादेवी बराल तथा कृष्णप्रसाद पौडेल छन् । यसैगरी भेलाबाट शिक्षक नारायणप्रसाद पौडेल, इन्द्रमाया बास्तोला, पूनम राणा बस्नेत, जीता पौडेल, सिर्जना पराजुली र जानुका बास्तोला सदस्य चुनिए । केही सदस्य विधानत मनोनीत हुने प्रावधान छ ।

पोखरा १ स्थित संस्कृत माध्यमिक विद्यालयमा आयोजित शिक्षक भेलामा राष्ट्रिय मावि, रत्न आविका शिक्षकको उल्लेख्य उपस्थिति थियो । नेराशिसं गण्डकी प्रदेश समितिका अध्यक्ष रोमहर्षण पौडेलको प्रमुख उपस्थितिमा भएके समारोहमा पोखरा १ का वडाध्यक्ष साहारा प्रधान, नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी अध्यक्ष विष्णुप्रसाद अधिकारी, नेराशिसं जिल्ला समिति अध्यक्ष तीर्थराज ढकालले शुभकामना मन्तव्य दिए ।

संगठनका प्रदेश समिति अध्यक्ष पौडेलले सांगठानिक गतिविधिको जानकारीसहित शिक्षाको गुणस्तर अभिवृद्धि तथा संगठन सुदृढीकरणका लागि संगठित सदस्यलाई सशक्त भई अघि बढ्न आग्रह गरे ।

पोखरा महानगर समिति अध्यक्ष यामनारायण लामिछानेले संगठनप्रति देशैभरका शिक्षकको आकर्षण बढ्दै गएको जानकारी दिए । नेराशिसं, पोखरा महानगर समिति सचिव नेपाल प्रकाश अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रमा जिल्ला सचिव दामोदर तिमिल्सिना, शंकर तिवारी तथा हरि अधिकारीले विविध पक्षमा सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • २६ औं घलेल ल्होछार उत्सव

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । २६ औं घलेल ल्होछार उत्सव अवसरमा घलेलमा आयोजित पुरुषतर्फ भलिबल उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना…
  • प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

    आदर्श समाज सम्वाददाता पौष १४, २०८१
    पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल…
  • २६ औं पोखरा सडक महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता पौष १३, २०८१
    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भयो ।…
  • सेन्चुरी ल्होसार मेला तयारी

    आदर्श समाज सम्वाददाता पौष १०, २०८१
    पोखरा । सेन्चुरी युवा क्लबले यही ११–१४ पुससम्म ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको…

hero news full width