स्टेप बाई स्टेपमा त्रिदिवसीय खेलकुद

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८१
step step

पोखरा । स्टेप वाई स्टेप मावि, मासबारको त्रिदिवसीय वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अन्तिम दिन शुक्रबार विभिन्न खेलहरुको फाइनल प्रतिस्पर्धा मालेपाटन चौर र विद्यालय प्राङ्गणमा सम्पन्न भए ।

क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, रिलेदौड, कुर्सीदौड लगायतको फाइनल अघिल्लो दिन भएकोमा ब्याडमिन्टन, टेबलटेनिस, चम्चा दौड आदि खेल शुक्रबार भए । विद्यालयमा भएको छात्र क्रिकेटमा सृहान थापाको समूहले अशिम गैरेको समूहलाई १५ रनले पराजित गर्न सफल भएको छ ।

२०० मिटर दौड सिनियर छात्रतर्फ युजन गुरुङ प्रथम, एन्जल भुषाल द्वितीय र रोदिप थापा तृतीय भए । छात्रातर्फ वर्षा सापकोटा, कृतिका अधिकारी र कशिस क्षत्री क्रमशः प्रथम, द्वितीय र तृतीय भए । छात्रा जुनियरतर्फआकृति थापा प्रथम, पर्सा घर्ती मगर द्वितीय र आशा विक तृतीय भए ।

सिनियर फुटबल छात्रतर्फ मार्कोनी सदन प्रथम भयो । ग्यालिलियो सदन द्वितीय भयो । जुनियर छात्र फुटबलतर्फ न्युटन सदन प्रथम र मार्कोनी सदनको टिम द्वितीय भयो । जुनियर छात्रातर्फ न्युटन सदन प्रथम र मार्कोनी सदनको टिम दोस्रो हुन सफल भयो । छात्र बास्केटबलमा मार्कोनी सदन पहिलो हुँदा न्युटन दोस्रोमा सीमित भयो । छात्रा बास्केटबलमा न्युटन सदन प्रथम र आइन्स्टाइन सदन द्वितीय भयो । सिनियर छात्रा रिले दौडमा न्युटन सदनको वर्षा सापकोटा समूह प्रथम र आइन्स्टाइनको राशिका श्रेष्ठको समूह द्वितीय भयो । जुनियर छात्रा रिले दौडतर्फ मार्कोनी सदनको पर्सा घर्ती मगरको समूह प्रथम र न्युटन सदनको एलिजा खड्काको समूह द्वितीय भयो ।

सिनियर छात्र टेबलटेनिसमा सुहान थापा प्रथम र बिकल जिसी द्वितीय हुँदा अमन थापा र रुद्र कँुवर तृतीय भए । सिनियर छात्रा टेबल टेनिसमा किन्जल गिरी प्रथम र स्नेहा धिताल द्वितीय वर्षा सापकोटा र वसन्ती बराल तृतीय भए । जुनियर छात्र टेबलटेनिसमा अनिस गिरी प्रथम र रोनिश गौतम द्वितीय भए । आयुष बिक र सौरव भण्डारी तृतीय भए । छात्रा ब्याडमिन्टनमा आकृति थापा प्रथम र पूणिमा गुरुङ द्वितीय भए । दीपिका तिमिल्सिना र कृतिका पौडेल तेस्रो भए ।

खेलशिक्षक इच्छा गुरुङ संयोजकत्वमा सम्पन्न खेलकुद प्रतियोगितामा डक्टर थापा, मेघनाथ गिरी, नवीन राना, रामचन्द्र शर्मा, युवराज लामिछाने, सुवास सुवेदी मार्शल बराल र दीपक गिरी रेफ्री थिए । आइन्स्टाइन, मार्कोनी, ग्यालिलियो र न्यूटन गरी चार सदनमा विभाजित विद्यार्थीबीच सदनात्मक रुपमा प्रतिस्पर्धा गराइएका खेलमा विजयीलाई विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्राचार्य दीपक गिरी र कोअर्डिनेटर सूर्यप्रसाद लम्सालले अबिर लगाई बधाई तथा शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । सामाजिक विकास कार्यालय, कास्कीको आयोजनामा जिल्लास्तरमा ‘शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम’ सम्पन्न भएको छ । सो अवसरमा विद्यार्थी…
  • प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा।पोखरामा आयोजित छैटौं गण्डकी प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडल माध्यमिक विद्यालयको टिम प्रथम भएको छ । सोही विद्यालयको अर्को…
  • विद्यालय खेलकुद महासंघमा कृष्ण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । कृष्णबहादुर केसीको अध्यक्षतामा नेपाल विद्यालय खेलकुद महासंघ कास्की गठन गरिएको छ । प्याब्सन केन्द्रीय उपाध्यक्ष केसी पोखरा पब्लिक…
  • हिमालय माविमा श्यामप्रसाद

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–७, तोल्कास्थित हिमालय माध्यमिक विद्यालयमा शुक्रबार बसेको अभिभावक भेलाले श्यामप्रसाद गुरुङको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन…
  • वाराही माविको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । पोखरा–५, मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह शनिबार भएको छ ।…

hero news full width