हरिहर गुफामा बालाचतुर्दशी मेला

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८१
harihar cave

पोखरा । हरिहर गुफा सन्यास आश्रम, भलाममा यही १५ मंसिरमा बृहत् बालाचतुर्दशी (सद्बिज छर्ने) मेला हुने भएको छ । ऐतिहासक तपोभूमि उक्त आश्रममा हुने मेला भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।

‘हरिहर गुफा सन्यास आश्रम पोखरा–२,० भलाम जाऔं, सद्विज छरेर पितृ उद्धार गरौं’ भन्ने मूलनारा मेला हुन लागेको हो । सो कार्यक्रममा सम्पूर्ण भक्तजन महानुभावलाई सन्यास आश्रम भलामले हार्दिक निम्तासमेत गरेको छ ।

आश्रममा कास्कीसहित छिमेकी तनहुँ, पर्वत, बागलुङ, लमजुङ, स्याङ्जा, चितवनबाट समेत भक्तजनको सद्बिज छर्न आउने गर्दछन् ।

मेलाको दिन विभिन्न ठाउँबाट सार्वजनिक यातायात समेत संचालन हुनेछन् । रानीपौवा–नारायणस्थान पुल छेउ हुँदै फूलबारी ११, केआइसिंह पुल हुँदै मातृशिशु अस्पताल बाटुलेचौरबाट यातायात सेवा दिइनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…
  • पोखरामा आजदेखि कोटिहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि ऐतिहासिक शुक्लागण्डकी कोटिहोम…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • रामघाटमा हरिबोधनी एकादशी रौनक

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०८१
    पोखरा । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल । बाटोभरी नाचगान गर्दै…
  • आजदेखि छठ पर्व  सुरु

    रासस कार्तिक २०, २०८१
    जलेश्वर । मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै…

hero news full width