टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

आदर्श समाज सम्वाददाता
मंसिर ८, २०८१
temple tree tax

पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ । कम्पनीले आव २०७९/०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको हो । यस्तै, करदाता सेवा कार्यालय, स्याङ्‍जाअन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्नेमा खिलुङ कालिका कन्ट्रक्सन प्रालि रहेको छ ।

‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवसलाई आन्तरिक राजस्व कार्यालय पोखराले १–७ मंसिरसम्म विविध कार्यक्रम गरी मनाएको छ । हप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार समापनमा कार्यालयले सबैभन्दा बढी दाखिला गर्ने करदातासहित विभिन्न व्यक्तिलाई सम्मान गरेको हो ।

कर सप्‍ताह कार्यक्रमअन्तर्गत मध्यमस्तरीय कर कार्यालय काठमाडौंले उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुला कविता प्रतियोगितामा दोस्रो हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ की छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो ।

यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ भने करदाता सेवा कार्यालय पुतलीबजारका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको थियो ।

हाल आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ सय ९६, मूल्य अभिबृद्धि करमा १२ हजार ४ सय २४, अन्तःशुल्कमा ४ हजार ५ सय १४ करदाता दर्ता भएका छन् । १ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् भने इटिडिएस गर्ने प्रयोजनार्थ ५ सय २५ कार्यालयले विथहोल्डी स्थायी लेखा नम्बर लिएका छन् । पोखरामा कुल ५९ लाख ५९ हजार ३० जना करदाता छन् ।

समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरा पर्यटकीय क्षेत्र भएकाले यसको विकासमा निजी क्षेत्रसँग सहकार्य गर्ने समेत बताए ।

राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रमको समापनमा उत्कृष्ट करदातालाई सम्मान

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाह थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्‍न छुट सुविधाको लाभ लिनका लागि अनुरोध गरे । छुट सुविधा सधैँ नआउने भएकले यहीँ फागुनभित्र सुविधा लिन आग्रह समेत गरे ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्शलगायत व्यावसायिक संघ संगठनका प्रतिनिधिले आर्थिक अवस्था कमजोर रहेको अवस्थामा राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन १ मंसिरमा प्रभातफेरीसँगै विविध कार्यक्रम सुरु भएका हुन् । २ मंसिरमा पहिलो सेवाग्राही राधा खाजाघरका प्रोपाइटर यमबहादुर हमाललाई सम्मान गरियो । ३ मंसिरमा चेम्बर अफ कमर्श पोखरा, ४ गते लेखनाथ उद्योग वाणिज्य संघ र ५ गते पोखरा उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी, पदाधिकारी तथा सदस्यबीच करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम भयो । ६ मंसिरमा सहकारी संस्थाहरुका व्यवस्थापकहरुसँग कर शिक्षा तथा अन्तरक्रिया भयो ।

यस्तै, कार्यालयका कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्‍न भएको छ । कर कानून तथा कर छुटसम्बन्धी जानकारी सहितको कर पुस्तिका वितरण गरिएको छ । कास्कीका विभिन्न क्षेत्रहरूमा आर्थिक ऐन, २०८१ ले दिएका छुट सुविधा तथा अन्य करसम्बन्धी जानकारीमूलक सन्देश माइकिङ समेत गरिएको छ । आर्थिक ऐनले गरेका व्यवस्था र छुटसुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम भएको प्रमुख कर अधिकृत शिव शर्माले बताए ।

आर्थिक ऐनले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आव २०७९÷०८० सम्मको विवरण बुझाएमा र २०८० असारसम्मको बुझाउन बाँकी मूल्यअभि वृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…
  • ‘सफल फेमिली मिल्कमा उच्च गुणस्तर’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । सुजल डेरी प्रालिद्वारा उत्पादित ‘सफल फेमिली मिल्क’ मा उच्च गुणस्तर रहेको कम्पनीले दाबी गरेको छ । महत्वपूर्ण तत्वहरु…

hero news full width

trending post