पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा परेपछि उनीहरु दैनिकी चलाउने खर्चको जोहो गर्न ठाउँठाउँ पुग्छन् ।
सुर्खेतबाट बिहीबार उनीहरु पोखरा आइपुगेका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले पोखरा महानगरपालिका र गण्डकीका विभिन्न मन्त्रालय पुगेर आर्थिक सहयोग मागे ।
यही ११ र १२ मंसिरमा परेको मुख्य पर्व बडातिहारको लागि खर्च जुटाउन पोखरा आइपुगेको मुखिया शेरबहादुरले सुनाए । तिहारमा लगाउने लुगा, चामल, तेल, दाल र खसीका लागि चाहिने पैसा जुटाउन जिल्ला–जिल्ला डुल्ने गरेको उनी बताउँछन् ।
‘अचेल काठका भाँडा बिक्री हुँदैन । जन्मेपछि खानैप¥यो । बाँच्नका लागि यसरी माग्दै हिंड्नुपरेको छ,’ उनले गुनासो पोखे, ‘वर्षैभरि ठाउँठाउँ पुगेर पैसा जम्मा पार्छौं । त्यही पैसाले खर्च चलाउँछौं ।’ उनीहरुले संकलन गरेको रकम महामुखियालाई लगेर बुझाउँछन् । उक्त रकम महामुखियाले सबैलाई समानुपातिक हिसाबले वितरण गर्छन् । ‘एक्लै खाने होइन, बाँड्नु पर्छ । ४६ घरलाई बाँड्ने हो,’ उनले भने, ‘हामीले बटुलेको पैसा महामुखियाको हातमा दिन्छौं । महामुखियाले सबैलाई बाँड्छन् ।’
मुख्य पर्व बडातिहारको लागि खर्च जुटाउन पोखरा आइपुगेको मुखिया शेरबहादुरले सुनाए ।
राउटे समुदायले पोखरा महानगरपालिकाबाट र गण्डकीका विभिन्न मन्त्रालयमा पुगेर आर्थिक सहयोगको याचना गरे । ‘बडातिहारमा ७/८ वटा खसि चाहिन्छ । पैसा नभई खसि आउँदैन,’ शाही अघि भन्छन्, ‘रासनपानी पनि चाहियो । सरकारले सहयोग गर्ला भनेर यहाँसम्म आएका हौं ।’ पहिले घर मुखिया नै चन्दा उठाउन निस्किने गर्थे । तर अहिले बुढ्यौली लागेपछि हिंडडुल गर्न छोडिसकेका छन् । उनकै निर्देशनमा आफूहरु सहयोग उठाउन आएको शाहीले सुनाए ।
राउटे समुदाय नेपालको लोपोन्मुख आदिवासीय समुदाय हुन् । उनीहरुले जंगलमै जीवन बिताउँछन् । सुर्खेतमा उनीहरुको ४६ घरधुरी छ । त्यहाँ करिब २ सय राउटे छन् । पोखराबाट सोचेजति सहयोग नपाएको उनीहरुको गुनासो छ । पोखरा महानगरपालिकाले २१ हजार, अर्थ मन्त्रालयले १५ हजार, सामाजिक विकास मन्त्रालयले ७ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुले पनि सहयोग गरेका छन् । चन्दा उठाउन मुखिया रासकोटीसँगै मुखिनी गंगा शाही, खेमराज शाही, बन्धावीर शाही, सुकिधर शाही, कृष्णबहादुर शाही र न्यायन पलास शाही खटिएका छन् ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
hero news full width
मुख्य समाचार
नेपाललाई चीनको ९ अर्ब अनुदान
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१प्रधानमन्त्री ओली चीन प्रस्थान
मंसिर १७, २०८१गण्डकी प्रदेश भौतिक मन्त्रालय : पहिलो चौमासिकमा १० प्रतिशत खर्च
मंसिर १७, २०८१