पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित यो विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडानका ८ वटा चार्टर फ्लाइट भयो । करिब २६ अर्ब लागतमा निर्माण भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अवतरण नहुँदा पोखरेलीहरु निराश छन् । उनीहरुले सरोकारवालासँग भेट्ने र हारगुहार गर्न छाडेका छैनन् ।
यसैक्रममा गण्डकीका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वमा गएको सरोकारवालाको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन् । पोखराको विकास र पर्यटक बढाउन अन्तर्राष्ट्रिय उडान अनिवार्य भएको पर्यटनमन्त्री बस्यालले बताए । ‘पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ तर आन्तरिक उडान बाहेक हुन सकेको छैन,’ उनले भने, ‘पोखरा र समग्र गण्डकीकै विकासका लागि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान आवश्यक छ ।’
टोलीले प्रधानमन्त्री ओलीको चीन भ्रमण क्रममा विमास्थललाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीज्यूको चीन भ्रमणको अवसरमा हामीले ध्यानाकर्षणपत्र बुझायौं । उहाँ सकारात्मक हुनुहुन्छ,’ पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारीले भने । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पोखरा जोड्ने सडकमार्ग निर्माणमा ढिलासुस्तीबारे लिखित रुपमै ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री ओलीले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’ रुपमा मनाउन लागिएको भन्दै आश्वस्त पारेका थिए । ‘आउँदो वर्ष नेपाल भ्रमण वर्ष मनाउने योजना छ । चीन भ्रमणमा पनि यसलाई प्राथमिकतामा राख्नेछु,’ ओली भने, ‘गण्डकीको विकासका लागि म प्रतिबद्ध छु । यसको सम्भावना पर्यटनसँगै जोडिएको छ ।’ राजनीतिक जीवनकालमा पनि पोखरासँग आफ्नो विशेष सम्बन्ध रहेकोले सोहीअनुसार प्राथमिकता दिने उनको भनाइ उद्घृत गर्दै प्रतिनिधिमण्डलका सदस्यले बताए ।
गण्डकीका पर्यटनमन्त्री नेतृत्वमा सरोकारवालाको टोलीले प्रधानमन्त्रीसँग भेट गर्दै
गत वर्ष ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरा विमानस्थलमा अवतरण भएको थियो । यो नै पहिलो अन्तर्राष्ट्रिय उडान हो । त्यसबेला विमानस्थलमा भव्य समारोह आयोजना गरिएको थियो ।
छेङ्दु तियान्फु विमानस्थलबाट नेपालको राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर जहाज आएको थियो । त्यसबेला ८० यात्रु आएका थिए ।
यस्तै, विमानस्थल संचालनको करिब ८ महिनापछि २३ भदौमा भुटानको ड्रुक एयर आयो । भुटानको पारोबाट ३ यात्रु लिएर आएको १५० सिट क्षमताको उक्त विमान पोखराबाट १ घण्टापछि ४२ यात्रु लिएर फर्किएको थियो । विमानले यहाँ तिर्नुपर्ने रकम तिरेकाले यसैलाई पहिलो व्यावसायिक उडान मानिन्छ ।
संचालनको करिब २ वर्षमा यहाँ बल्ल ८ चार्टर उडान भएका हुन् । गत २२ कात्तिकमा पोखरामा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ अवतरण भएको थियो । तेस्रो संस्करणको क्रस कन्ट्री दौडमा भाग लिने चिनियाँ खेलाडी, प्रतिनिधि र पाहुनासहित १ सय २० जना बोकेर सिचुवानको जहाज आएको थियो । विमानस्थलमा गत वर्ष ६ असारमा सिचुवानकै न्यारोबडी एयरबस–३१९ ले पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । त्यतिबेला फेवातालमा पहिलोपटक भएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चार्टर्ड उडान भरेर आएको थियो ।
चीनको एक्जिम बैंकको ऋण सम्झौतामा सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले २२ अर्ब ६१ करोड रुपैयाँमा विमानस्थल निर्माण गरेको हो । नेपाल सरकारले मुआब्जा लगायतका काममा ४ अर्बभन्दा बढी खर्च गरिसकेको छ । निर्माणमा नेपाल सरकार र चिनियाँ एक्जिम बैंकबीच सम्झौता अनुसार ७ वर्षको ग्रेस अवधि (कुनै पनि व्याज तिर्नुनपर्ने समय) सहित २० वर्ष अवधिमा सम्पूर्ण ऋण चुक्ता गरिसक्नुपर्नेछ । तर लक्ष्यअनुरुप आम्दानी छैन ।
सन् २०१७ मा शिलान्यास भएको विमानस्थल १ जनवरी, २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१