पोखरा । पोखरा २१ स्थित भविष्य निर्माण मावि, कृस्तीमा बिहीबार बिदाइ तथा सम्मान कार्यक्रम भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा भुजेलले भूपू विद्यार्थी मञ्च, अक्षयकोष संकलन उपसमिति, विव्यस शिक्षक अभिभावक संघ, निर्माण उपसमिति, शिक्षक र सल्लाहकारलाई अबिर, खादा र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
उनले समितिमा १० वर्षभन्दा बढी सेवा गर्दा सहयोग गर्ने विद्यालय सम्पूर्ण परिवारलाई कृतज्ञता एवं आभार व्यक्त गरे । साथै उनले विव्यस, शिक्षक अभिभावक संघ, निर्माण उपसमिति, सल्लाहकार समिति विघटन भएको जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी, सल्लाहकार विजयराज आचार्य, अक्षयकोष संकलन उपसमिति संयोजक झपिन्द्रराज रेग्मी, भूपू विद्यार्थी मञ्चका सचिव, अध्यक्षकोष संकलन उपसमिति एवं सल्लाहकार राजेन्द्रबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेको भूपू विद्यार्थी मञ्च सदस्य यज्ञप्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रम संचालन विद्यालयका लेखापाल फणिन्द्रबहादुर थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१