पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८१
tourism news

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ ।
गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध संघसंस्था, निजी क्षेत्रका प्रतिनिधिले मंगलबार ओलीलाई भेट गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।

भेटमा प्रदेशका पर्यटन मन्त्री बस्यालले पर्यटन राजधानी पोखरामा पर्यटक बृद्धिका लागि अन्तर्राष्ट्रिय उडान हुनुु आवश्यक भएको आग्रह गर्दै केन्द्र सरकारबाट पनि देशकै पर्यटकीय राजधानीका रूपमा घोषित गर्न माग गरे । ओलीले सन् २०२५ लाई नेपाल सरकारले नेपाल भ्रमण बर्षको रूपमा मनाउन लागेकोले आसन्न चीन भ्रमणको सन्दर्भमा यी विषयमा आफूले प्राथमिकताका साथ कुरा राख्ने बताए । पोखरा र गण्डकी प्रदेश पर्यटनको अथाह सम्भावना भएकोले यसको विकासका लागी आफू प्रतिबद्ध भएको र आफ्नो राजनीतिक जीवनकालमा पोखरासँगको छुट्टै सम्बन्ध भएको प्रधानमन्त्रीले स्मरण गरे ।

पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारीले ध्यानाकर्षणपत्र पेश गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र पोखरा जोडने सडकमार्ग निमाणको काममा भएको ढिलासुस्ती बारे ध्यानाकर्षण गराए ।

भेटका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल वायुुसेवा निगमका महानिर्देशक प्रदीप अधिकारी, प्रदेश मन्त्रालयका सचिव कुुमानसिंह गुरुङ, पर्यटन तथा उद्योग कार्यालय कास्की प्रमुख दिनेश आचार्य, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, महासचिव जीवनराज सापकोटा, निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्य, नाट्टा गण्डकी अध्यक्ष किशोर दाहाल, टेसा पोखरा अध्यक्ष प्रमोद भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघ पूर्व अध्यक्ष बाबुराम गिरी लगायत विभिन्न पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिको उपस्थिति थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width