युवराज काँग्रेस प्रशिक्षण विभाग प्रमुख

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८१
yubaraj

पोखरा । नेपाली काँग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखमा युवराज कुँवरलाई जिम्मेवारी दिइएको छ ।

काँग्रेस कास्की सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

रिक्त ४ जिल्ला सदस्यमा वृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम पौडेल र दुर्गा अधिकारी चयन भएको जिल्ला सहसचिव नवीन सिग्देलले बताए । यस्तै, बैठकले क्रियाशील सदस्यको नवीकरण गर्न सुरु गर्ने निर्णयसमेत गरेको छ । काँग्रेस कास्कीका सहसचिव शंकर ढुंगानाको संयोजकत्वमा रामजीप्रसाद कोइराला र सुरेन्द्र अधिकारी सदस्य रहेको पार्टीको लेवि व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको छ ।

यस्तै, भरतप्रसाद तिवारी, भरत थापा, डिल्लिराम भट्टराईलाई आमन्त्रित सदस्य मनोनीत गरिएको सहसचिव सिग्देलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post