पोखरा । स्टेप वाई स्टेप माविको चालु शैक्षिक सत्र २०८१ को वार्षिक खेलकुद प्रतियोगिता शुभारम्भ भयो ।
विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दीपक गिरी र विद्यालयका को–अर्डिनेटर सूर्यप्रसाद लम्सालले त्रिदिवसीय खेलकुद प्रतियोगिताको संयुक्त उद्घाटन गरेका हुन् ।
बुधबार सिनियर छात्र फुटबलमा मार्कोनी हाउस प्रथम भयो । ग्यालिलियो हाउस द्वितीय भएको थियो । जुनियर छात्र फुटबलमा न्युटन हाउस प्रथम र आइन्सटाइन हाउस द्वितीय हुन सफल भए ।
छात्रा फुटबलमा आइन्सटाइन हाउस प्रथम र मार्कोनी हाउस द्वितीय भए । छात्रा भलिबलमा न्युटन हाउस प्रथम र मार्कोनी हाउस द्वितीय भयो ।
पहिलो दिन क्रिकेट, टेबल टेनिस, म्युजिकल चियार, चम्चा दौड, बेलुन फुटाई, १०० मिटर दौड, २०० मिटर दौड, मिठाई दौडका प्राराम्भिक चरणका खेलहरु पनि सम्पन्न भए । विद्यालय संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयले स्वास्थ्यका लागि खेल भन्ने उद्गार मनन गर्दै विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट स्वास्थ बनाउन सकिने कुरामा जोड दिए ।
खेल विद्यालय प्राङ्गणका साथै मालेपाटन खेलकुद मैदानमा भएका छन् ।
खेलकुद शिक्षक इच्छा घलेको संयोजकत्वमा विभिन्न शिक्षकहरुद्वारा खेलहरु खेलाइने
सहसंयोजक शिक्षक रामचन्द्र शर्माले जनाए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१