स्याङ्जा । खुमा अर्याल फाउण्डेसनले नगदसहित महिला क्रिकेटरको सम्मान गरेको छ । आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट हुन सफल पुतलीबजार–३ का ३ जना महिला क्रिकेटरलाई फाउण्डेसनले छैटौं स्थापना दिवस अवसरमा नगदसहित सम्मान गरेको हो ।
भीरकोट नगरपालिका ७ बलमाटामा बुधबार आयोजित स्वास्थ्य शिविरसहित खेलाडी सम्मान कार्यक्रममा उनीहरुलाई जनही १ लाखसहित सम्मान गरिएको हो ।
प्रतिनिधि सभा सदस्य राजु थापा, फाउण्डेसन संरक्षक खुमा अर्याल, डा. लुना अर्याल र अध्यक्ष लेखनाथ शर्मा लगायतले खेलाडीहरु पुतलीबजार १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र कुसुम गोदारसहित स्याङ्जा क्रिकेट संघ अध्यक्ष दिवाकर थापालाई पनि सम्मान गरे ।
सांसद थापाले खेलका माध्यमबाट स्याङ्जालाई विश्वभर चिनाउन सफल महिला क्रिकेट खेलाडीलाई बधाई दिँदै उनीहरुको हौसला र ऊर्जा बढाउन यस्ताखालका कार्यक्रम प्रभावकारी हुने बताए । हाम्रा खेलाडीहरु स्याङ्जाका मात्र नभई राष्ट्रका गहना भएको बताउँदै सांसद थापाले फाउण्डेसनले स्वास्थ्य, शिक्षा र खेलको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरे ।
फाउण्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद र दैवी प्रकोप लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।
युएईमा भएको यू–१९ महिला विश्वकपको एसिया छनोटको उपाधि विजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेलमा पुग्ने नेपाली टिममा स्याङ्जाका ३ जना महिला क्रिकेट खेलाडी सहभागी हुने भएका हुन् । गण्डकीमै कास्कीका एक जना र स्याङ्जाका ३ जना रहेको क्रिकेट संघका अध्यक्ष थापाले जानकारी दिए ।
खेलाडीको ऊर्जा बढाउन र उनीहरुलाई सम्मानसहित ग्रामीण तहका आमनागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकहितको उपस्थितीमा फाउण्डेसनले स्वास्थ्य शिविर गरेको सचिव धु्रव शर्माले बताए ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
करार र काजले भरिएको पोखरा महानगर
खुदीखोलाका मगरहरुले मनाए माघी
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१