पोखरा युनाइटेडमा स्पोर्टस् मिट

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८१
pokhara united academy news

पोखरा । पोखरा यूनाइटेड एकेडेमीमा वार्षिक स्पोर्टस् मिट–२०८१ सुरु भएको छ ।

३ दिनसम्म चल्ने मिटको बुधबार सांसद मनबहादुर गुरुङले उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलाडी उत्पादनमा विभिन्न खेलकुद गतिविधि गर्नुपर्नेमा जोड दिए । उनले हरेक व्यक्तिसँग विभिन्न क्षमता हुने हुँदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न विद्यार्थीलाई आग्रह गरे ।

उनले नेपालका सन्दीप लामिछाने, सावित्रा भण्डारीदेखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता खेलाडीहरु पोखराले पनि उत्पादन गर्न सक्ने दाबी गरे ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले कुनै पनि खेलकुद प्रतियोगिताहरुमा सहभागी हुनु ठूलो कुरा भएको उल्लेख गर्दै खेलमा जितहार गौण हो भने ।

प्रिन्सिपल बयनबहादुर गोदारले विद्यार्थीको शिक्षासँगै अतिरिक्त क्रियाकलापमा जोड दिन उक्त कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आएको बताए ।

विद्यालय अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहप्रध्यानाध्यापक देवेन्द्र अधिकारी, शिक्षक फणिन्द्रराज पौडेलले लगायतले शिक्षासँगै खेलकुद महत्वको बारेमा चर्चा गरे ।

उद्घाटनमा विद्यार्थीले मार्चपास गरेका थिए ।

स्पोर्टस् मिटमा फुटबल, भलिबल, बास्केटबलगायतका प्रतियोगिता हुने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post