पोखरा । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले नेपालको कर प्रणालीले स्वयं घोषणमा आधारित रहेकोले छलपकट गर्नेलाई बढी दण्डको भागिदार बनाइएको बताएका छन् ।
कर सप्ताहअन्तर्गत पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको कर सचेतनासम्बन्धी अन्तक्र्रियामा उनले भने, ‘हाम्रो कर प्रणालीमा राजस्व कार्यालयले कर निर्धारण गर्दैन । करदाता स्वयंले आफ्नो कर घोषणा गर्ने हो, त्यस्तोमा व्यक्ति इमानदार हुनुपर्छ । व्यक्तिले गलत नगरोस् भन्ने हेतुले नै हाम्रो कर प्रणालीले जरिवाना, शुल्क, दस्तुर, ब्याजमा बढी नै रकम तोकेको छ ।’
करदाताले आफ्नो कारोबारको विवरण चुस्तदुरुस्त बनाए राजश्व प्रशासनसँग डराउन नपर्ने पनि उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष हुँदा नै मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आएको स्मरण गर्दै निजी क्षेत्र कर तिर्न तत्पर रहेको तर कर असुल प्रक्रिया सरल एवं व्यावहारिक हुनुपर्ने बताए । उनले स्थायी सरकार नहुँदा पटक–पटक कर नीतिमा परिवर्तन हुने गरेको तथ्य औंल्याउँदै कठीन अवस्थामा पनि व्यवसायीमाथि करको भार थोपर्नु लोककल्याणकारी राज्यको मर्म विपरीत हुने पनि बताए ।
करका विविध आयामबारे प्रस्तुति राख्दै आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सोनु काफ्लेले स्थायी लेखा नम्बर लिने, कारोबार अद्यावधिक गर्ने तथा समयमा राजस्व कार्यालयलाई आय विवरण र आयकर दाखिला गर्नु उद्योगी/व्यवसायीको पहिलो कर्तव्य भएको बताए । त्यति गर्दा स्वतः दण्ड–जरिवानाबाट बच्न सकिने उनको भनाइ थियो । उनले कस्ता व्यवसायीले पान नम्बरमात्र लिए पुग्ने तथा कस्ता कारोबार गर्ने व्यवसायीले भ्याट बिल चलाउनुपर्ने विषयको जानकारीमात्र दिएनन्, दण्ड–जरिवाना र छुटका प्रावधानबारे पनि अवगत गराए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, वाणिज्य उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम, कार्यसमिति सदस्य देवेन्सन प्रजु, मनोहरि पौडेल, टीकाराम सुवेदीलगायतले कर छुटका प्रावधान, भोग्नु परेका समस्या र त्यसका निराकरणका उपायबारे कर प्रशासनको ध्यानाकर्षण गराए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१