लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय पोखराको सहकार्यमा आफ्ना सदस्यका लागि करदाता शिक्षा दिएको छ ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका कर अधिकृत सनु काफ्लेले कर प्रणाली र व्यवसायीहरुले कर प्रणालीमा दिनुपर्ने ध्यान र अहिले करमा आएको छुट व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे ।
व्यवसायीहरुले राखेका जिज्ञासाबारे प्रमुख कर अधिकृत शिव शर्माले प्रस्ट पारे । उनले उद्योगी व्यवसायीहरुले तिरेको राजस्वबाट नै देश चल्ने हुँदा सरकारले उद्योग व्यवसाय गर्नका लागि नयाँ पिढीलाई प्रोत्साहन गर्नुपर्ने र कर सप्ताहको उपलक्ष्यमा सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा राजस्व कार्यालयका कम्प्युटर अपरेटर सुदीप रेग्मीसहित संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, वस्तुगत संघ संघसंस्थाका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, संघका उपसमिति संयोजक र सदस्यहरु, एवं संघका सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रम संचालन संघका महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन् । धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरे ।
‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने मूलनारासहित सप्ताहव्यापी रुपमा देशभर राष्ट्रिय कर दिवस–२०८१ मनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१