रविविरुद्ध चितवनमा पनि जाहेरी

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०८१
Rabi

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा पनि जाहेरी परेको छ ।

सहारा चितवन सहकारीका बचतकर्ताले लामिछाने र पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध जाहेरी दिएका हुन् ।

‘जाहेरी परेको छ । अनुसन्धान सुरु भइसकेको छ,’ चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले भने । प्रहरीको अनुसन्धानबाट सहारा सहकारीको १० करोड ८० लाख रुपैयाँ अवैध हिसाबले गोर्खा मिडिया नेटवर्कमा जम्मा भएको देखिएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कास्कीमा अनुसन्धान भइरहेको छ । रवि कास्की प्रहरी हिरासतमा छन् भने जोशीलाई अनुसन्धानका लागि काठमाडौं लगिएको छ ।

उनीहरुमाथि सूर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको कसूरमा अनुसन्धान भइरहेको हो । सहारा बचतको रकम अपचलनबारे चितवन प्रहरीले यसअघि नै अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । पूरक जाहेरी आधारमा थप अनुसन्धान गरिने एसपी मिश्रले जानकारी दिए । लामिछाने र जोशीलाई बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा पनि बयानका लागि रुपन्देही लगेर फर्काइएको छ।

लामिछानेलाई यही ९ मंसिरमा कास्की जिल्ला अदालतमा पुनः म्याद थपपछि काठमाडौं लैजाने प्रहरीको तयारी छ ।

Related News

सम्बन्धित समाचार

  • करार र काजले भरिएको पोखरा महानगर

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । तनहुँ घिरिङ गाउँपालिकामा कार्यरत् सातौं तहकी इन्जिनियर ज्योति थापा २०७७ फागुनमा पोखरा महानगर काजमा सरुवा भइन् । काज…
  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछाने धरौटीमा रिहा भएका…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…
  • एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले यात्रुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सुविधासम्पन्न २ भिआइपी बस थप गरेको…

hero news full width