पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् । तर पछिल्ला समय ज्येष्ठ नागरिकका अनुभव समाजले नसुन्ने अवस्था बन्दै गएको छ ।
बुढ्यौली लाग्न थालेपछि बृद्धाश्रममा लगेर छोड्ने प्रचलनले ज्येष्ठ नागरिकहरु हेलाँका पात्र बनेका छन् । बुज्रुकहरु ज्येष्ठ नागरिकको ज्ञान, सीप तथा क्षमतालाई उपयोग गर्नुपर्ने तर्क गर्छन् ।
पोखरा–१४, चाउथे चोकस्थित ज्येष्ठ नागरिक विश्रामगृहको बुधबार प्रथम साधारणसभा तथा अधिवेशनमा वक्ताले सो कुरा औंल्याए । ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ त्यसै भनिएको होइन,’ प्राडा बासुदेव भण्डारीले भने, ‘उनीहरुको विशिष्ट (गहन) ज्ञानको परिचालन समाजमा हुनुपर्दछ ।’ विश्रामगृहले वृद्धृवृद्धाको सम्मान गर्ने सन्देश दिएको उल्लेख गर्दै प्राडा भण्डारीले जीवनको प्रमुख उपलब्धि भनेकै आनन्द प्राप्ति भएको सुनाए ।
पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले ज्येष्ठ नागरिकको भावनालाई कदर गर्नुपर्ने भन्दै भोलि आफू पनि बुढो हुन्छु भन्ने ख्याल गरेर ज्येष्ठ नागरिकप्रति व्यवहार गर्न युवापुस्तालाई सुझाए । निःस्वार्थ भावले कार्य गर्नुपर्ने भन्दै वडाध्यक्ष कार्कीले ज्येष्ठ नागरिकलाई संगठित भएर अगाडि बढ्न ध्यानाकर्षण गराए ।
उनले १५ मंसिरमा वडाका ज्येष्ठ नागरिकलक्षित गर्दै वडा कार्यालयले भजन प्रतियोगिता गर्न लागेको जानकारी पनि दिए । वडा विश्रामगृहका अधुरा कार्य पूरा गर्न प्रयत्नशील रहने उनको भनाइ छ ।
विश्रामगृहका अध्यक्ष नवीन पौडेलले गृह निर्माणमा साथ सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्दै अब ट्रस निर्माण बाँकी रहेको अवगत गराए । दाताले मन फुकाएर सहयोग गर्दा भवन निर्माणले क्रमश पूर्णता पाउँदै गएको उनको भनाइ छ ।
वडा सदस्य कृष्णहरि काफ्लेले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने स्पष्ट पार्दै उनीहरुकोे हकहितमा वडा सचेत रहेको भनाइ राखे ।
भवन निर्माण समिति सचिव खेमलाल अधिकारीले विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगबाट विश्राम गृह निर्माणाधीन रहेको सुनाउँदै सहयोगदाताको नाम शिलालेखमा अंकित गर्ने अन्तिम तयारी भइरहेको उल्लेख गरे । यस वर्ष प्रदेश तथा वडाको बजेटमार्फत भवनलाई पूर्णता दिने उनको भनाइ छ ।
समाजसेवी नारायणप्रसाद शर्माले ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणका लागि सहायक बन्ने विश्वास व्यक्त गर्दै उनीहरुलाई सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण निर्माण गरिनुपर्ने जनाए ।
बुद्धिजीवी कालिदास तिमिल्सिनाले ज्येष्ठ नागरिक संगठित भएकोमा खुसी व्यक्त गर्दै विश्रामगृह भेटघाट हुने माध्ययम बनेको धारणा राखे ।
अधिवेशनले तदर्थ समिति अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा ३ वर्षे कार्यकालमा लागि नयाँ समिति गठन गरेको छ । समिति उपाध्यक्षमा दयासागर सुवेदी, सचिव नवराज थापा, कोषाध्यक्ष कृष्णबहादुर थापा र सहसचिव टीकाराम सापकोटा चयन भए ।
सदस्य तुलसीराम शर्मा, खेमलाल अधिकारी, कृतिबहादुर थापा, कमलबहादुर कार्की, खेमबहादुर कार्की, ज्ञानेश्वर पौडेल, कल्पना कार्की, कमलाकुमारी कार्की, कमलाकुमारी शर्मा र गीता सुनार छन् । नारायणप्रसाद शर्मा संयोजक तथा वडा सदस्य कृष्णहरि काफ्ले, लक्ष्मी न्यौपाने, भीमबहादुर कुँवर, बासुदेव भण्डारी, कालिदास तिमिल्सिना सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत समिति चयन गरेको हो ।
कार्यक्रमबीच सचिव नवराज थापाद्वारा प्रस्तुत वार्षिक सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णबहादुर थापाले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन एवम् उपाध्यक्ष दयासागर सुवेदीबाट प्रस्तुत विधान संशोसनको प्रस्ताव सर्वसम्मत पारित भयो ।
विश्रामगृह संस्था दर्ता गरी हाल चाउथे चोकमा पक्की भवन निर्माण भइरहेको छ । जसका लागि स्थानीय बालकृष्ण सापकोटा परिवारबाट करिब २ आना जग्गा दान प्राप्त भएको छ । भवन बनाउन हालसम्म ३७ लाख ९७ हजार आम्दानी भएकोमा ३४ लाख ७७ हजार खर्च लागेको निर्माण समितिले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१