पोखरा । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२०२४ नजिकिँदा एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी–२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदाररूपमा आवद्ध भएको छ । जसमा एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सहकार्यबमोजिम एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो ।
जाब्बोरले भने, ‘यू–१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुसी छौं ।’ उनका अनुसार यसले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो खेलकुद क्षेत्रप्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो ।
एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङमार्फत एनपिएलका खेलहरु आफू जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकका लागि विभिन्न योजना पनि ल्याउनेछ ।
१५ मंसिरदेखि ६ पुससम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो प्रतियोगितामा ८ टिमका १ सय ६० खेलाडीहरूले ३२ खेल प्रस्तुत गर्नेछन् ।
खेल राउन्ड–रोबिन फर्माटमा हुनेछ । जसमा प्रमुख शहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।
यसअघि एनसेलले त्रिकोणात्मक टी–२० आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगितालाई पनि सहयोग प्रदान गरेको थियो ।
यसैगरी, खेलकुदको विकासमा आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गरी ए डिभिजन, यू–१६ फुटबल, महिला राष्ट्रिय च्याम्पियनसिप, र महिला राष्ट्रिय टोलीका कार्यक्रममा सहयोग गरेको थियो । २०१४ मा क्यानको प्राविधिक सहयोगमा, एनसेलले पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिता—एनसेल नेपाल प्रिमियर लिगको आयोजना पनि गरेको थियो ।
एनपीसी नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरुलाई सहयोग र समर्थन गर्दै आएको छ । गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स–२०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई १० लाख रुपैयाँ पुरस्कारबाट सम्मान गरेको थियो । र अन्य प्यारालिम्पिक टोलीका सदस्यलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
एनसेल र एनपीसी नेपालको यस साझेदारीमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । आफ्नो सामाजिक पहलअन्तर्गत नै एनसेलले खेलकुदको विकासलाई समर्थन गर्दै लैनचौर मैदानलाई बहुउद्देश्यीय खेल मैदानको रूपमा पुनःर्निर्माण पनि गरेको छ ।
साथै, एनसेलले वार्षिक रुपमा एनसेल कर्पोरेट गल्फ प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पुरुषोत्तम क्यान अध्यक्ष
क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर
इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर
एनसेलले दियो पलेशालाई १० लाख
पोखरामा मनाइयो विज्ञान दिवस
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१