गैंडाकोट । गैंडाकोट नगरपालिकावासीलाई भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ ।
गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच मंगलबार यस सम्बन्धमा उक्त सम्झौता भएको हो । सम्झौताअनुसार गैंडाकोटका जनताले होल बडी चेकअपमा ५० प्रतिशत र अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउने भएका हुन् । अस्पताल बाहिरी बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने उक्त सम्झौतामा उल्लेख छ ।
सम्झौतामा चितवन मेडिकल कलेज अस्पताल निर्देशक प्राडा दयाराम लम्साल र गैंडाकोट नगरका प्रमुख मदनभक्त अधिकारीले हस्ताक्षर गरेका छन् । नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, चितवन मेडिकल कलेज निर्देशक प्रशासनका प्रताप देवकोटा र अस्पताल फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा रहेका थिए ।
छुट सुविधा लिन नगरले उपचार कार्ड उपलब्ध गराउने र कार्ड उपलब्ध नहुँदासम्म नगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने नगरवासीले छुटको दाबी गर्न पाउने छैनन् । सम्झौता पत्रमा नगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै सम्झौतापत्रमा नगर प्रमुखले थप सेवा सुविधा आवश्यक परेको खण्डमा थप उपचारका लागि १० प्रतिशतसम्म छुट सिफारिस गर्न सकिने र चितवनको सिएमसि क्यान्सर इन्स्टिच्युटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीलाई समेत १० प्रतिशत छुट सिफारिस गर्न सक्ने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
संगम सहकारीको रक्तदान
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
२५ औं आदर्श कप
‘किसानका समस्यामा अनुसन्धान गरौं’
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१