पोखरा । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान), कास्कीको १७ औं साधारणसभा तथा १० औं अधिवेशनबाट आगामी नेतृत्वका लागि पुरुषोत्तम कुँवर अध्यक्ष निर्वाचित भएका छन् । संस्थामा १२ वर्षदेखि क्रियाशील कुँवर कस्मिक कम्प्युटिङ सोलुसन एवं कस्मिक एकेडेमी, न्यूरोडका सञ्चालक हुन् ।
१५ सदस्यीय कार्यसमितिको निवर्तमान अध्यक्षमा दुधमान गुरुङ (आशीष), प्रथम उपाध्यक्ष सेवक क्षितिज, द्वितीय उपाध्यक्ष महेन्द्र भूर्तेल, सचिव दामोदर डुम्रे, सहसचिव सुरेश सापकोटा र कोषाध्यक्षमा रुद्रनाथ न्यौपाने चयन भए । सदस्य दीपकराज गिरी, घनश्याम गौतम, बालकृष्ण न्यौपाने, हरिकृष्ण शर्मा, भरत बराल र मुकुन्द योगी छन् । नवनिर्वाचित अध्यक्षले गोविन्दप्रसाद रिजाल र चन्द्रकला बस्नेतलाई सदस्य मनोनीत गरे ।
युवराज पौडेलको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डल सदस्यमा एकनारायण चापागाईं र प्रकाशमानसिंह भण्डारी थिए ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शनिबार साधारणसभाको उद्घाटन गरेका थिए । उनले क्यान कास्कीले सूचना प्रविधिको क्षेत्रमा निरन्तर काम गर्दै आएकोमा खुशी व्यक्त गर्दै क्यान इन्फोटेक जस्ता गुणस्तरीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । समारोहमा संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ, केन्द्रीय प्रतिनिधि चिन्तामणि बास्तोला, पोखरा उद्योग वाणिज्य संघ उपमहासचिव सुदीप प्रधानाङ्ग, पूर्व अध्यक्ष गुणनिधि पाण्डेलगायत बोलेका थिए ।
संस्थाका सचिव महेन्द्र भूर्तेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुद्रनाथ न्यौपानेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
अध्यक्ष दुधमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पुरुषोत्तम कुँवर र सञ्चालन सचिव भूर्तेलले गरेका थिए ।
२०६५ सालमा स्थापित क्यान कास्कीको संस्थापक अध्यक्ष जगनबहादुर गुरुङ हुन् । त्यसयता इविन्द्रराज तिवारी, राजेन्द्रकुमार श्रेष्ठ, चण्डीप्रसाद अर्याल, गुणनिधि पाण्डे, चिन्तामणि बास्तोला, युवराज पौडेल, विश्वास भण्डारी र आशीषले नेतृत्व सम्हालीसकेका छन् ।
Related News
सम्बन्धित समाचार
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१