पोखरामा फेस्टिभल शो

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०८१
fest 2

पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ ।

दुईदिने उक्त कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, दक्षिण कोरिया, यूके, मलेसियालगायत ८ देशका प्रतिनिधि समावेश भएको कार्यक्रम संयोजक डिबी रानाले जानकारी दिए । कार्यक्रम सोचेअनुरुप सफल भएको रानाको दाबी छ ।

युथ मुभमेन्ट फर चेञ्जअन्तर्गत कम्पनीले यसअघि विभिन्न मोटिभेसनका कक्षा, योगा, फेसन शो, विभिन्न जनतासँग कलाकार समावेश गराई सांस्कृतिक कन्सर्ट गरिसकेको छ ।

काठमाडौं बागबजारमा केन्द्रीय कार्यालय रहेको राणा एण्ड गान्धी ग्रुपको उद्देश्यअनुरुप राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै आपसी भाइचारा कायम गर्दै नेपाली नयाँ पुस्तालाई प्रोत्साहन साथै क्षमता अभिवृद्धि गर्दै हरेक क्षत्रेमा नेपाल र नेपालीलाई सक्षम र क्षमतावान् बनाउन मुख्य भूमिका खेल्दै आएको छ ।

साथै, अन्तर्राष्ट्रियस्तरसम्म नेपालको पहिचान बनाई पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नु र नेपाली नवप्रतिभालाई मानसिक, शारीरिकरुप्मा सक्षम बनाउन अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धात्मक हुन सक्ने बनाउनु उद्देश्य रहेको कम्पनी अध्यक्ष डा. एलबि रानाले जनाए ।

Related News

सम्बन्धित समाचार

  • नागीधार महोत्सव तयारी पूरा

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । मादी गाउँपालिका ८, नागीधार गाउँमा यही ४–६ माघसम्म नागीधार महोत्सव हुँदैछ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङले…
  • २६ औं घलेल ल्होछार उत्सव

    आदर्श समाज सम्वाददाता पौष २४, २०८१
    पोखरा । २६ औं घलेल ल्होछार उत्सव अवसरमा घलेलमा आयोजित पुरुषतर्फ भलिबल उपाधिका लागि घान्द्रुक किम्चे गाउँ र धम्पुस लेककुना…
  • प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ

    आदर्श समाज सम्वाददाता पौष १४, २०८१
    पोखरा । पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल…
  • २६ औं पोखरा सडक महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता पौष १३, २०८१
    पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरा आयोजनामा फेवाताल किनारमा २६ औं पोखरा सडक महोत्सव शनिबारदेखि सुरु भयो ।…
  • सेन्चुरी ल्होसार मेला तयारी

    आदर्श समाज सम्वाददाता पौष १०, २०८१
    पोखरा । सेन्चुरी युवा क्लबले यही ११–१४ पुससम्म ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको…

hero news full width