स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले सय दिने विशेष अभियान सुरु गरेको छ ।
सोमबार उक्त अभियान शुभारम्भ गर्दै पार्टीका केन्द्रीय उपसभापति धनराज गुरुङले अभियानले नेता र कार्यकर्ताबीच भाइचारा सम्बन्ध कायम गरी सामाजिक एवं राजनीतिक सेवामा समर्पित गर्न सहयोग पुग्ने बताए । पूर्व कानून मन्त्रीसमेत रहेका गुरुङले संविधान संशोधनको आवश्यकता समेत औंल्याए । संविधान संशोधन र आर्थिक मन्दी संकटमोचनका मूल मुद्दा बनाएर कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको उनले उल्लेख गरे ।
संविधान संशोधन नेपालको राजनीतिक स्थायित्वका लागि आवश्यक रहेको भन्दै मुलुकको राजनीतिक दर्पणलाई नेपाली जनताले थेग्ने हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘संविधान संशोधन गर्दा तराई, पहाड, हिमालका साथ साथै दलित, खस आर्य, महिला सबैको वर्गको प्रत्यक्ष रुपमा प्रतिनिधित्व हुने गरी सांसदको संख्या घटाई, समानुपातिकतर्फ पनि १६५ मा अटाउनुपर्छ ।’
संविधान संशोधन छिटो गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक मन्दी यही अवस्थामा रहने हो भने देश खतरातर्फ धकेलिने स्वयं अर्थमन्त्रीले भनिरहेको बेला अब पनि सरकार तथा दल नयाँ मोडका साथ अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।
सहकारीमा आफ्नो नाम पनि जोडिएको जनाउँदै सत्यतथ्य बाहिर ल्याउन संसद र यस्ता फोरमबाट सधैँ आवाज उठाएको उनले जनाए । ममाथि छानबिन गर भन्दै गर्दा पनि ममाथि किन पटकपटक पारिवारिक विचलनको प्रहार भइरहेको छ ? उनले भने ।
अभियानअन्र्तगत स्याङ्जाका ११ वटै पालिका र ९७ वटा वडामा पुगिने
संघीय सांसद एवं कांग्रेस जिल्ला सभापति राजु थापाले मिसन–८४ को मुद्दा लिएर लिएर अघि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए । निर्वाचन प्रणाली, शासन व्यवस्था, निर्वाचन खर्च, समानुपातिक प्रतिनिधित्व, जनप्रतिनिधिका सुविधाबारे सुधार गर्दै आवश्यक भएमा संविधान संशोधन गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय प्रतिनिधि तथा कांगे्रस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्याल, गण्डकी प्रदेश उपसभापति एवं सांसद कल्पना तिवारी, अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, गण्डकी प्रदेश उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, पूर्व कावा सभापति बुद्धिबहादुर राना कुमार, कांग्रेसका क्षेत्रीय सभापति एवं नगरप्रमुख तुलसीराम रेग्मी, प्रदेश सभापति एवं प्रदेश सांसद महेश भट्टराई, प्रदेश सभापति ध्रुवविक्रम खाँण, बिरुवा गाउँपालिका सभापति डोलराज पोखरेल, स्वतन्त्रता सेनानी तारापति सुवेदी, नेपाल महिला संघ सचिव तारा मल्ल, नेवि संघ जिल्ला अध्यक्ष गौरव प्रधानलगायतले कांग्रेसको सयदिने अभियानलाई सफलतापूर्व सम्पन्न गर्न सहयोगको प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपसभापति केदार काफ्ले, सचिव दामोदर लम्साल, प्रवक्ता भरतप्रसाद लम्सालले अभियानबारे जानकारी गराए ।
पार्टीको केन्द्रीय कार्यसमिति निर्देशनअनुसार स्याङ्जामा पनि ‘सय दिने विशेष अभियान’ शुभारम्भ गरिएको हो । अभियानअन्र्तगत यस अवधिमा जिल्लाका ११ वटै पालिका र ९७ वटा वडामा पुगेर कांग्रेसले गरेका काम तथा जिम्मेवारीबारे जानकारी लिने र सोबारे केन्द्रमा जानकारी पठाउने मुख्य काम रहेको केन्द्रीय सदस्य एवं प्रतिनिधि टेकप्रसाद गुरुङले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
प्रधानमन्त्री ओली चीन प्रस्थान
गण्डकी प्रदेश भौतिक मन्त्रालय : पहिलो चौमासिकमा १० प्रतिशत खर्च
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१