पोखरा, २ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा दुई बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुवै बसमा सवार २९ जना घाइते छन् ।
पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको जिएए ००७० नम्बरको बस आइतबार दिउँसो ३ः४० बजे बन्दीपुर गाउँपालिका ५, गोरे चौतारा घुम्तीमा ठोक्किएका हुन् । दुर्घटनामा परी जिएए ००७० नम्बरको बसका चालक तनहुँ ऋषिङ पाटन घर भई हाल पोखरा चाउथे निवासी ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते उनको डुम्रेको लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले जानकारी दिए ।
घाइतेहरुको लक्ष्मी अस्पताल र मोती अस्पतालमा उपचार भइरहेको छ । ठेगाना नखुलेका करिब १८ वर्षीय रियाद केसी गम्भीर घाइते भएकाले थप उपचारार्थ चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनायो ।
अधिकांश घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुमध्ये केही मध्यम र सामान्य अवस्थामा छन् ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१