पोखरा । नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । विश्वकप १८ जनवरीदेखि २ फेब्रुअरीसम्म मलेसियामा हुँदैछ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) लाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो । बधुबार एसिया क्षेत्र छनोटको अन्तिम खेलमा युएईले दिएको मध्यम लक्ष्य २ विकेट गुमाएर नेपाल समूह विजेताको रुपमा विश्वकपमा पुगेको हो ।
६ खेलबाट समान १० अंक भए पनि यूएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो । अंक तालिकामा नेपालको यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो । विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ । यू–१९ नेपालका साना प्रविन ३५ र सोनी पाख्रिन १३ रनमा अविजित रहे। कप्तान पूजा महतो २१ रन बनाउँदा आउट भइन् । त्यसअघि ओपनर सावित्री धामी १२ रनमा क्याच आउट भएकी थिएन् ।
अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनको योगफल तयार पारेको हो । समाइरा धार्निधार्काले बनाएको ३१ रन नै यूएईका लागि सर्वाधिक रह्यो। रिनिथा रजिथले २० रन प्रहार गरिन् । लावन्या केनी र इन्दुजा नन्दकुमारले समान १० रन बनाए। यूएईका चार ब्याटर शून्य रनमा नै आउट भए ।
यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलोपटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो
नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिइन् । रिया शर्मा र सिमा केसीले समान २ विकेट झारे । रचनाकुमारी चौधरीले एक विकेट आफ्नो नाममा गरिन् । नेपाल अघिल्लो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालको यो जितसँगै नेपालले पहिलो खेलमा भोगेको हारको बदलासमेत लिएको छ । त्यसबेला छनोट खेलमा नेपाल यूएईसँग मात्र पराजित भएको थियो ।
लिग चरणमा नेपालले थाइल्यान्डलाई पहिलो खेलमा ६७ तथा दोस्रो खेलमा १०६ रनले हराएको थियो । कुवेतमाथि पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा १६५ रनको फराकिलो जित दर्ता गरेको थियो ।
विश्वकपमा आयोजक मलेसियासहित १६ टिम सहभागी हुनेछन् । अघिल्लो विश्वकपका १० टिम स्वतः छनोट भएका छन् । बाँकी ५ देश आफ्नो क्षेत्रीय क्वालिफायर खेलेर आएका हुन् । यसअघि, नाइजेरिया, स्कटल्यान्ड, सामोआ र अमेरिका यसअघि नै आफ्नो क्षेत्रीय क्वालिफायर खेल जितेर छनोट भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सलाई एनपिएल उपाधि
आइसिसी प्रतिनिधि पोखरामा
क्रिकेटरलाई नगद १ लाखसहित सम्मान
दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी पाेखरामा
लेखनाथ बुमर्सको पहिलो जित
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१