सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०८१
sahara

पोखरा । सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा फेरि सहयोग गरेका छन् । धर्मपत्नी सरितासहित सोमबार दोबिल्लास्थित सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्दै उनले सहयोग गरेका हुन् ।

श्रेष्ठ दम्पतीले बालकहरुलाई खाजा, एकेडेमीलाई एक बोरा चामल तथा एउटा स्टिल कप बोर्ड उपलब्ध गराएका हुन् । श्रेष्ठ दम्पतीको नाममा एकेडेमीको एक कक्षलाई हरिकुमार÷सरिता श्रेष्ठ कक्षसमेत नामकरण गरिएको छ । त्यसबेला श्रेष्ठ दम्पतीले ३ लाख उपलब्ध गराएका थिए । साथै एकेडेमीमा सोलार सिस्टम जडान गर्नुका साथै सहारा अक्षयकोष र सहारा देउसीको भैलो कार्यक्रममा समेत बेलबेलामा सहयोग हुँदै आएको सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले बताए ।

पोखरा आएका बखत पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका श्रेष्ठलाई एकेडेमी अवलोकनक्रममा क्लबको तर्फबाट अध्यक्ष बरालले खादा र पुष्पगुच्छाले स्वागत गरेका थिए ।

सो अवसरमा सहारा पोखराको मानार्थ सदस्य लोकबहादुर गुरुङ र मुछेत्र गुरुङको उपस्थिति रहेको थियो । साथै, सहारा क्लब पोखराका पूर्व अध्यक्षहरु विक्रम थकाली, वीरभद्र आचार्य, केशबबहादुर थापा, क्लबका वरिष्ठ उपाध्यक्ष एवं एकेडेमी संयोजक पूर्णबहादुर गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, सहकोषाध्यक्ष अशोक लालचन र सहारा एकेडेमी व्यवस्थापन समितिका सदस्यहरु लिलबहादुर थापा, रविन श्रेष्ठको उपस्थिति थियो ।

मोफसलको चर्चित सहारा क्लब पोखरा यतिखेर २४ औं आहा ! रारा पोखरा गोल्ड कपको तीव्र तयारीमा छ । क्लबले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्ने जनाएको हो । नेपालको फुटबल इतिहासमा निरन्तर सञ्चालित एकमात्र प्रतियोगिता आहा ! रारा गोल्डकप हो । क्लबले फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमी संचालनमा खर्चिदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width