हाइकिङको ५२औं शृङ्खला

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०८१
hikers

पोखरा । हाइकर्स क्लब नेपाल आयोजनामा शनिबार हाइकिङको ५२औं शृङ्खला पोखरा १३ बयरघारीदेखि पोखरा २०, मोहोरियासम्म हाइकिङ गरी सम्पन्न भएको छ ।

हाइकिङ समूहलाई काफलडाँडा आमा समूहका अध्यक्ष पूर्णकुमारी गुरुङ सहितको आमाहरुले फूलमालाले स्वागत गरे ।

स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मूल नाराका हरेक महिनाको अन्तिम शनिबार यो कार्यक्रम हुँदै आएको छ । विगत ६ वर्षदेखि नियमित हुँदै आएको हाइकिङले ग्रामीण भेगको प्रचारप्रसारमा टेवा पुगेको गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले बताए । उनले पर्यटकीय स्थालहरुको प्रवद्र्धनमा हाइकर्स क्लबले राम्रो कार्यहरु गरिरहेकोले आफू पनि आजीवन सदस्य बनेको बताए ।

हिमालय मावि तथा काफलडाँडा टोलविकास संस्थाका अध्यक्ष हरिप्रसाद गुरुङ, मौजा विकास कोषका अध्यक्ष जुमबहादुर गुरुङले हाईकर्स समूहको टोलीलाई आफ्नो गाउँमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेका बताउँदै आगामी दिनमा पनि स्वागत गर्ने मौका दिन अनुरोध गरे ।

हाइकिङमा पहिलोपटक सहभागी होटल व्यवसायी किरण शेरचनले ग्रामिण परिवेशको अध्ययन गर्दै मनोरञ्जनका लिन सकिने साथै स्वास्थ्यप्रति पनि सचेत भइने बताए ।

पहिलो पटक सहभागि शर्मिला शर्मा र सरिता शर्माले पनि पैदल हिड्दै नयाँ ठाउँ, नयाँ गाउँ घर घुम्नुको छुट्टै आनन्द आएको अनुभव सुनाउँदै नियमित हाइकिङमा सहभागि हुने बताए ।

सो अवसरमा क्लब अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष ज्योति हमाल, सदस्यहरु तिलक थापा र पितम सेन, ६८ वर्षीया सुशीला रानाभाट, जूना गुरुङ, पूर्व प्रनानि पुष्पकमल श्रेष्ठ, विद्यार्थीहरु, व्यवसायी तथा पर्यटन व्यवसायीको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • आज पोखराको विशेष नगर सभा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । कर्मचारी हटाउने विषयको विवाद उत्कर्षमा पुगेपछि नेकपा (एमाले) को मागका आधारमा पोखरा महानगरपालिकाको विशेष नगर सभा आज (बिहीबार)…
  • ‘नगर सभाको एजेण्डा संविधानविपरीत’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । नेकपा (एमाले) को मागअनुसार बिहीबार पोखरा महानगरको विशेष नगर सभा हुँदैछ । मेयर धनराज आचार्यले एमालेकै मागबमोजिम नगर…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width