गैंडाकोट । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ क्षेत्रीय कार्य समिति आयोजनामा मंगलबार गैंडाकोटमा गण्डकी प्रदेशका प्रमुख सुरेन्द्रराज पाण्डेसँग अन्तत्र्रिmया एवं छलफल कार्यक्रम भएको छ ।
नारायणघाट–बुटवल सडकखण्ड शीघ्र निर्माणका लागि २८ गते आफ्नो प्रदेशभित्र रहेका नगरपालिका र पालिकाका मेयरसहित आफू प्रधानमन्त्री समक्ष डेलिगेसन जान लागेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । उनले नवलपुरको समग्र पर्यटन, शिक्षा, स्वास्थ्य आवश्यक पूर्वाधारका लागि पर्ने बताउँदै पछिल्लो समय पर्यटनलाई लोभ्याइरहेको गैंडा स्थान्तरणबारे निकुञ्जले नै निर्णय गर्ने र उक्त निर्णयलाई प्रदेश प्रदेश सरकारले स्वीकार्नु बाहेक अन्य कुनै विकल्प नरहेको बताए ।
मुख्यमन्त्री पाण्डेलाई नवलपुरका उद्योगपति, व्यापारी, शैक्षिक संघसंस्था, राजनीतिक प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयले जिल्लामा भएका समसामयिक प्रसंगमाथि प्रश्न राखेका थिए । कार्यक्रममा नगरका मेयर मदनभक्त अधिकारी, नेपाली कांग्रेसका प्रदेश १ क नवलपुरका सभापति गोपाल सापकोटा, गैंडाकोट नगर कांग्रेस सभापति बद्री सापकोटालगायत कांग्रेस नगर तथा क्षेत्रीय पदाधिकारीहरूको सहभागिता थियो ।
उक्त कार्यक्रम नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम सञ्चालन कांग्रेसका क्षेत्रीय सचिव अमृत श्रेष्ठले सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
प्रधानमन्त्री ओली चीन प्रस्थान
गण्डकी प्रदेश भौतिक मन्त्रालय : पहिलो चौमासिकमा १० प्रतिशत खर्च
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१