काठमाडौं । विद्यालय तहका बालबालिका र स्वतन्त्र पाठकका लागि गुणस्तरीय पुस्तक कसरी विकास गर्न सकिन्छ भन्नेबारे लेखक, प्रकाशक, अनुबादक लगायत सम्बद्ध सरोकारवालाबीच मंगलमार अन्तरक्रिया भएको छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले २०६४ सालदेखि अध्ययन गरी तयार पारिएको पुस्तक नीतिको मस्यौदालाई बहुपक्षीय छलफल गरी आवश्यकताअनुसार परिमार्जनसहित स्वीकृत गरिने बताइन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रुम टु रिडको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा बालपुस्तक विकास तथा छनोटसम्बधी मापदण्ड २०८१ माथि पृष्ठपोषण संकलन गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय पुस्तक नीति २०८१ माथि अन्तरक्रिया समेत गरिएको शिक्षा मन्त्रालय स्रोतले उल्लेख गरेको छ ।
अन्तरक्रियामा पुस्तक लेखन र प्रकाशनलाई व्यवस्थित गर्दै सिक्ने सिकाउने कुरा संस्कारका रूपमा विकास गर्न विविध सुझाव प्राप्त भए । ती सुझाव समेटेर राष्ट्रिय पुस्तक नीतिलाई अन्तिम रूप दिइने मन्त्रालयले जानकारी दिएको छ । कार्यक्रममा मन्त्रालयका सचिव, सहसचिव, प्राध्यापक, लेखक, प्रकाशक, वितरक, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
अनेसास गण्डकीमा देवेन्द्र
दीपक समीप पुरस्कृत
परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान
प्राध्यापकहरुका अनुभव पुस्तकमा
राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१