पोखरा । ‘स्वरसम्राट नारायणगोपाल’ का लेखक प्रकाश सायमीले नारायणगोपालको जीवनीमा आधारित फिल्म बनाउने घोषणा गरेका छन् ।
फिल्म निर्देशकसमेत रहेका सायमीले पोखरामा शनिबार पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को विमोचन समारोहमा सो घोषणा गरेका हुन् । पचासको दशकमा सुपरहिट चलचित्र दिएर दर्शकको मनमुटुमा बस्न सफल सायमीको बहुआयामिक व्यक्तित्व छ । एभरेस्ट एफएम आयोजनामा भएको उक्त कार्यक्रममा उनले भने, ‘म आफैँले लेखेको पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ चलचित्र बनाउँदैछु । सोही चलचित्रमार्फत चलचित्र निर्देशनमा म कमब्याक गर्दैछु ।’ उनले आफूले चलचित्र निर्देशन नछाडेको बरु केही विश्राम लिएर पुनः फर्किन लागेको स्पष्ट पारे ।
समारोहमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, लोकगायिका हरिदेवी कोइराला, सूचना आयोगका आयुक्त दुर्गा भण्डारी, हारमोनी अध्यक्ष ईतु जोजिजु, एभरेस्ट मिडिया हाउस अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तक विमोचन गरेका थिए ।
कार्यक्रममा एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठसँग अन्तत्र्रिmयात्मक सम्वाद गर्दै सायमीले पुस्तक सत्यतामा आधारित रहेको दाबी गरे । पुस्तकमा उनले नारायणगोपालको जन्म काठमाडौंमा नभई सिराहामा भएको, उनकी श्रीमती पेमलाले नारायणगोपालको निधनपश्चात आफ्नै श्रीमान्ले गाएको गीत पनि नचिनेको, आफूमाथि आक्रमण गर्नेको नाम गोप्य राखेकोजस्ता विषय पनि समावेश गरिएको बताए ।
साहित्यकार सरुभक्तले सायमीको पुस्तक अनुसन्धानको एउटा दस्तावेज भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले पुस्तक पठनीय रहेको बताए ।
लोकगायिका हरिदेवी कोइरालाले साहित्य, संगीत र नाटकमा सायमीको योगदान अतुलनीय रहेको बताइन् । वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक, टीकाबहादुर कार्कीलगायतले पनि स्वरसम्राट नारायणगोपाल र लेखक प्रकाश सायमीको व्यक्तित्व र पोखरासँगको सम्बन्धबारे बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
‘अग्निदहन’ यूनिट प्रचारमा
शुक्रबारदेखि फिल्म ‘आँखा’
कलाकार माओत्से गुरुङ सम्मानित
चलचित्र विकास बोर्डमा डिसी
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१