पोखरा । नेपालका केही सहकारीमा समस्या देखिँदा सहकारी अभियानका २ उत्कृष्ट संस्थाहरु पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रतिनिधिबीच अन्तक्र्रिया भएको छ ।
पोखरा रोयल साकोसको निमन्त्रणामा पोखरा आइपुगेका चन्द्रागिरी साकोसका समिति, उपसमिति र कर्मचारीको प्रतिनिधि र पोखरा रोयल साकोसका प्रतिनिधिबीच दुई वटै संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौती, भावी रणनीति साथै सहकारी अभियानमा पु¥याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा भएको पोखरा रोयल साकोसका सूचना अधिकारी मीलन ढकालले बताए ।
कोभिड महामारीको समयदेखि भगिनी सम्वन्धको रुपमा रहेको २ संस्थाका अध्यक्षद्वय रुद्रकुमारी गुरुङ र योगेन्द्रकुमार कुँवरले संस्थाको गतिविधिलाई थप गतिशील, समयानूकूल, सदस्यमुखी र सहकारी अभियानमा योगदान दिने उद्देश्यसाथ १७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सो सम्झौताबमोजिम सहकारी क्षेत्रको साख वृद्धि, मानव संशाधनको क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवामा पहुँच वृद्धि, एकरुपता, सुशासन, असल अभ्यास आदानप्रदान र अनुशरण, वस्तु तथा सेवाको विकास र विस्तारमा संयुक्त खोजी गर्ने जस्ता विषयहरुमा दुबै संस्थाले दृढताका साथ लागिपर्ने अध्यक्षद्वयले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पोखरा रोयलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले एक्जिट प्लान इन कोअपरेटिभ र चन्द्रागिरीका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले ग्रुमिङ दि कोअपरेटिभ लिडरसिप विषयमा प्रस्तुतीकरण दिए ।
सिईओद्वय नेफ्स्कूनद्वारा वार्षिक रुपमा प्रदान गर्ने साकोस अभियानको उत्कृष्ट सिइओ पुरस्कार विजेता भइसकेका व्यक्तित्व हुन् । गुरुङ वर्षले २०२४ र श्रेष्ठले वर्ष २०२३ मा उत्कृष्ट सिईओ अवार्ड पाएका थिए ।
यस्तै, पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसले संस्थागत रुपमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बंैकबाट सहकारी क्षेत्रका उत्कृष्ठ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका संस्थाहरु हुन् ।
Related News
सम्बन्धित समाचार
संगम सहकारीको रक्तदान
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
२५ औं आदर्श कप
‘किसानका समस्यामा अनुसन्धान गरौं’
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१