पोखरा वृद्धाश्रममा जेरियाट्रिक स्वास्थ्य कक्ष

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०८१
pradip paudel

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् । उनले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको जानकारी दिए ।

पोखरा १७, सीतापाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनुु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुुपर्ने बताए । स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बिमाको रकम ५ लाख पुर्‍याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताए । देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्‍याउनुु आवश्यक भएको बताए ।

आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभई त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उनले स्पष्ट पारे । सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार, जलन रोगको निःशुल्क उपचार जस्ता विषयलाई अघि सारेको जनाउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरेहको बताए ।उनले वृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवम् औषधीका लागि सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रम सञ्चालन भएयता निरन्तर रुपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताए । ज्येष्ठ नागरिकमा समस्याका रुपमा देखिने विस्मृतिजन्य रोगको उपचारका लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले बताए ।

वृद्धाश्रमका उपाध्यक्ष एवं जेष्ठ नागरिक महासंघका केन्द्रीय सदस्य केशव लम्सालले २०५३ सालमा स्याउलाले छाएको छाप्रोमा ३ ज्येष्ठ नागरिकलाई राखेर सुरु गरिएको वृद्धाश्रम हाल सुविधा सम्पन्न भवनमा सञ्चालन भएको जानकारी गराए । उनका अनुसार वृद्धाश्रममा हाल ५३ जना असहाय ज्येष्ठ नागरिक आश्रय लिँदै आएका छन् ।

वृद्धाश्रम व्यवस्थापनमा २ जना स्वास्थ्यकर्मी साथै ९ बिस्तारा, थेरापी मेसिन एवं औषधि उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उनले जानकारी दिए ।

सो अवसरमा वृद्धाश्रममा अक्षयकोष स्थापनार्थ सहयोगका साथै ज्येष्ठ नागरिकका क्षेत्रमा योगदान पुु¥याएकोमा सीता बास्तोला, नरबहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • संगम सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परीक्षण कार्यक्रम गरेको छ । रक्तदानमा १८…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…

hero news full width