ओम सहकारीको सभा

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०८१
om sahakari

पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

पोखरा–२, मिरुवास्थित सहकारीको सभाको वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे ।

कार्यक्रममा पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदीलगायतले सहकारीले पुर्‍याएको योगदानको विषयमा बोलेका थिए ।

कार्यक्रममा ज्येष्ठ सदस्य, असल कर्जा र माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने ४ जना सम्मानित भए । सम्मानित हुनेमा ज्येष्ठ सदस्य भीमकुमारी राणा, असल कर्जा बिना गुरूङ, माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीहरु विदित पराजुली, प्रमिला अधिकारी, शर्मिला सुवेदी र उज्ज्वल भट्टलाईलाई सम्मान गरिएको हो ।

यस्तै, साधारणसभाले संस्थाका सचिव झलकनाथ आचार्य तथा कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन पारित गरेको छ ।

संस्थाका अध्यक्ष रामविक्रम राणाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दयाराम सापकोटा, स्वस्तीवाचन सदस्य सोमनाथ सुवेदी, सहकारीका सात सिद्धान्त वाचन सदस्य तारा बराल पौडेल र सञ्चालन संस्थाका सचिव झलकनाथ आचार्यले गरे ।

Related News

सम्बन्धित समाचार

  • संगम सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संगम बचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर निशुल्क परीक्षण कार्यक्रम गरेको छ । रक्तदानमा १८…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…
  • २५ औं आदर्श कप

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    लेखनाथ । पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित लेखनाथ रंगशालामा २५ औं संस्करणको आदर्श कप तयारी अन्तिम चरणमा पुगेको छ । यही…
  • ‘किसानका समस्यामा अनुसन्धान गरौं’

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । किसानको खेतबारी तथा गोठमा रहेका समस्याकेन्द्रित गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिइएको छ । कृषि अनुसन्धान तथा प्रवद्र्धन परियोजनाको…

hero news full width