पोखरा । विगत २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई दुई उपसभापति र कार्यवाहक प्रवक्तासहितका नेताहरुले सोमबार भेटेका छन् ।
उपसभापति डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, कावा प्रवक्ता मनीष झालगायत नेताहरु हिरासत पुगेका हुन् । करिब आधा घण्टासम्म उनीहरुले पार्टी सञ्चालन, आन्दोलनको परिचालनलगायत विषयमा छलफल गरे । हिरासतबाट फर्केपछि झाले मंगलबार केन्द्रीय समिति बैठक बस्ने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
‘सभापतिज्यूलाई भेटेर आएपछि आन्तरिक छलफल गरेर केही निष्कर्षमा पनि पुगेका छौं । यसको आधिकारिकताका लागि राजनीतिक दलको प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने, ‘संगठनको प्रक्रियासहित केन्द्रीय समितिमा छलफल गरेर अहिलेसम्म राज्यसत्ताले गरेको प्रतिशोध र आगामी प्रतिक्रियाबारे जानकारी गराउने छौं ।’ केन्द्रीय बैठकपछि पत्रकार सम्मेलनबाट पार्टीको आगामी कार्यक्रम सार्वजनिक गर्ने उनको भनाइ छ । ‘लोकतन्त्रको आडमा गरिरहेको अधिनायकवादी चरित्रद्वारा हामीले के अनुभव गरिरहेका छौं । त्यसैले विधिको शासन, संविधान, पद्धतिका हिसाबले देश कसरी अगाडि बढ्नुपर्छ र हाम्रो भूमिका के हुनुपर्छ भन्ने विषयमा मिडियासामु उपस्थित हुनेछौं,’ उनले भने ।
उपसभापति डा. वाग्लेले राजनीतिक प्रतिशोध साँध्नकै लागि लामिछानेलाई हिरासतमा राखिएको तर्क गरे । ‘राजनीतिक प्रतिशोध साँध्नकै लागि अनावश्यक हिरासतमा राखिएको हो । हामीले न्यायिक अनुसन्धानमा कहिलै पनि विरोध गरेका छैनौं,’ उनले भने, ‘न प्रमाण नष्ट गर्ने आधार छ, न भागेर जाने आधार छ । न थप अपराध गर्ने आधार छ । १३ दिन थप्ने त अति न भयो भन्ने बुझाइ छ । यसका कारणले रास्वपाप्रति झन् सहानुभूति बढेको छ ।’ लामिछानेको पक्राउलाई उनले कानूनको दुरुपयोग भनेका छन् । ‘यो नैतिक हैसियत नभएका पात्रहरुले कानूनी छिद्रमा टेकेर कानूनी प्रावधानको दुरुपयोग गरिरहेका छन्, यसको उजागर भइरहेको छ,’ अघि भने, ‘आन्दोलन जारी छ । आगामी आन्दोलनको स्वरुपबारे काठमाडौंमा व्याख्या गर्नेछौं । अभियानलाई अझै व्यापकीकरण गर्ने हिसाबले प्रस्तुत हुनेछौं । अन्य साथीहरु पनि जोडिनुहुने छ । केन्द्रीय समितिले स्टेटमेन्ट छिटै निकाल्नेछ ।’
उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनको मोडालिटी मंगलबार सार्वजनिक हुने बताए ।
अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनको मोडालिटी मंगलबार सार्वजनिक हुने बताए । ‘आन्दोलन निरन्तर जारी नै छ । विभिन्न चरणमा आन्दोलन भैरहेको छ,’ उनी भन्छन्, ‘दोस्रो चरणको आन्दोलनबारे पत्रकार सम्मेलनबाट स्पष्ट पार्छौं ।’ उनले रविलाई बुटवल लैजाने आधिकारिक सूचना नपाएको बताए । ‘रुपन्देही लाने आधिकारिक कुरा आएको छैन । अस्पष्ट समाचार पाएका छौं,’ उनले भने ।
कार्यवाहक अहिले आवश्यक छैन
अर्यालले तत्कालका लागि कार्यवाहकको जिम्मेवारी आवश्यक नभएको बताएका छन् । दुई उपसभापमध्ये रास्वपाको नेतृत्व कसले लिने भन्ने चर्चा चलिरहेका बेला उनले भने ‘कार्यवाहक सभापति गौण कुरा हो । सिग्नेचरी नै रोकियो भने त्यसमा सभापतिज्यूसँग सल्लाह गरेर अधिकार लिन्छौं ।’ सभापतिको जिम्मेवारी भने लामिछानेले नै चलाउने उनको भनाइ छ । ‘फेरि पनि भन्छु सभापति उहाँ नै हो । विधान छ, विधान मैले चाहेर संशोधन हुने होइन,’ थपे, ‘विधानले दिएसम्म र उहाँले चाहेसम्म पार्टीको सभापति हो भन्ने कुरा स्पष्ट हो । नमरुञ्जेल भन्ने कुरा पनि टीका टिप्पणी भइरहेको छ । उहाँलाई जीवित राख्नुप¥यो, मार्ने किसिमबाट नजाउ भनेको हो’
हिरासतमा बैठक बसेको होइन
उपसभापति अर्यालले सोमबारको भेटघाट बैठक नभएको स्पष्ट पारेका छन् । ‘पार्टीको बैठक हिरासतमा हुन सम्भव नै छैन । ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणले भेट्न पाउँछन् । हामी पनि सर्वसाधारणको हैसियतमा भेट्न गएका हौं,’ उनी भन्छन्, ‘यसलाई बैठक भन्ने कुरा आउँदैन ।’ लामिछानेले आफ्नो पक्राउ राजनीतिक प्रतिशोध नै भएकाले आमनागरिकलाई बुझाउन आग्रह गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
हेरालोको साधारण सभा
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१