पोखरा । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजनाअन्तर्गत कागबेनी—कोरला नाकासम्म कालोपत्रे बिस्तारका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष ध्यानाकर्षणपत्र बुझाइएको छ ।
नेकपा (एमाले) मुस्ताङ—काठमाडौं सम्पर्क मञ्च नेतृत्वमा आइतबार अर्थ मन्त्रालयमा कोरला सडकअन्तर्गत कागबेनी—कोरला सडक कालोपत्रे गर्न पत्रमार्फत सरकारको ध्यानाकर्षण गराइएको हो ।
सम्पर्क मञ्च अध्यक्ष धनमाया रन्तेलासहित प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचन, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ र एमाले मुस्ताङ उपसचिव सम्राट गौचनलगायत सम्मिलित टोलीले अर्थमन्त्री पौडेलसमक्ष यसबारे चारबुँदे लिखित ध्यानाकर्षणपत्र बुझाएको हो ।
कोरला नाका जोड्ने कागबेनी—कोरला सडकमा आवश्यक बजेट विनियोजन गरी कालोपत्रे योजना कार्यान्वयन ल्याउन माग गरिएको छ । जोमसोम—कोरला ७ खण्डको ग्राभेल ४ वर्षअघि नै सकिएकोमा कालोपत्रेको नयाँ योजना कार्यान्वयनमा आउन नसकेको बताइएको थियो ।
उत्तर—दक्षिण त्रिदेशीय व्यापारिक मार्गरुपमा रहेको कोरला नाका जोड्ने ग्राभेल सडक कालोपत्रे नहुँदा उपल्लो मुस्ताङ जाने पर्यटकलाई धुवा र धुलोले निकै सास्ती पुगेको छ । सडक कालोपत्रे भए पर्यटन प्रवद्र्धन तथा अन्य व्यापारिक प्रयोजनमा जानेलाई सहज हुने भएकोले कोरलामा आवश्यक भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न मन्त्री पौडेलसमक्ष माग गरेको छ ।
‘छिमेकी चीनतर्फ ठूलाठूला व्यापारिक प्रतिष्ठान साथै सरकारी भौतिक संरचना निर्माण गरिसकेको छ,’ ध्यानाकर्षण पत्रमा छ, ‘हाम्रोतर्फबाट कोरला नाकामा भन्सार, अध्यागन, एकीकृत सुरक्षा पोस्ट, सुख्खा बन्दरगाहलगायत व्यापारिक प्रतिष्ठानका भौतिक निर्माण आवश्यक छ । यसका लागि सरकारले बजेट विनियोजनको व्यवस्था गरोस् ।’
यसैगरी, मुस्ताङीलाई सहज रुपमा सीमापार व्यापार गर्न विगतमा जस्तै विशेष सहुलियत साथै प्रवेश पास व्यवस्था गरिदिन माग गरिएको छ । नेपाली उत्पादनका विभिन्न वस्तु तिब्बती बजारमा सहजरुपमा व्यापार गर्न पाइने गरी व्यवस्थापन गर्न सरकारका तर्फ कुटनीतिक पहल थाल्न माग गरिएको छ ।
यस्तै, मञ्चले कोरला नाका खुल्ला भएको १ वर्ष बितिसक्दासमेत सरकारले नाकामा खाद्य, पेय र पशु क्वारेन्टाइनजस्ता अत्यावश्यक भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसकेको अर्थ मन्त्री पौडेललाई जनाएका छन् । नाकामा नेपाल पक्षबाट क्वारेन्टाइन नहुँदा नेपाल—चीन आयात निर्यातमा समेत प्रतिकूल असर पुगेकाले राजश्व संकलनमा समेत प्रभावित बनेको छ ।
अर्थमन्त्री पौडेलले निकट भविष्यमै आफू मुस्ताङ पुग्ने र सडक तथा कोरला नाकाको भौतिक संरचना लगायत विषयमा सरकारले पहल गर्ने आश्वासन दिएको प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनले बताए ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
राष्ट्रिय फल घोषणा गराउने त्यो सुन्तला महोत्सव
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
मंसिर १७, २०८१