पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
पोखरा–२, मिरुवास्थित सहकारीको सभाको वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे ।
कार्यक्रममा पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदीलगायतले सहकारीले पुर्याएको योगदानको विषयमा बोलेका थिए ।
कार्यक्रममा ज्येष्ठ सदस्य, असल कर्जा र माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने ४ जना सम्मानित भए । सम्मानित हुनेमा ज्येष्ठ सदस्य भीमकुमारी राणा, असल कर्जा बिना गुरूङ, माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीहरु विदित पराजुली, प्रमिला अधिकारी, शर्मिला सुवेदी र उज्ज्वल भट्टलाईलाई सम्मान गरिएको हो ।
यस्तै, साधारणसभाले संस्थाका सचिव झलकनाथ आचार्य तथा कोषाध्यक्ष दीपक अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन पारित गरेको छ ।
संस्थाका अध्यक्ष रामविक्रम राणाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दयाराम सापकोटा, स्वस्तीवाचन सदस्य सोमनाथ सुवेदी, सहकारीका सात सिद्धान्त वाचन सदस्य तारा बराल पौडेल र सञ्चालन संस्थाका सचिव झलकनाथ आचार्यले गरे ।
Related News
सम्बन्धित समाचार
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
hero news full width
मुख्य समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१