पोखरा । गुरुङ फिल्मका निर्देशक कमल गुरुङ तनहुँमा सम्मानित भएका छन् । शनिबारदेखि तनहुँको दमौली सुरु भएको नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धिंको १२ औं राष्ट्रिय महाधिवेशन अवसरमा उनलाई सम्मान गरिएको हो ।
३ दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्रले सम्मान गरेका हुन् । गुरुङ समुदायको सांस्कृतिक कला, नृत्य, गीतसंगीत तथा चलचित्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई तमु श्रष्टा सम्मान विधाअन्तर्गत सम्मान गरिएको हो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका कमल अहिले गुरुङ फिल्मका निर्देशक हुन् । भर्खर २८ वर्षका उनी मातृभाषी गुरुङ गीत/संगीतका व्यस्त कलाकार र निर्देशकसमेत हुन् । २०६८ मा उच्च शिक्षाका लागि बेसीसहर झरेका उनी त्यहाँको नवज्योति सांस्कृतिक कला केन्द्रमा आबद्ध भएपछि सुरु भएको उनको कलाकारिता र निर्देशकीय यात्रा निरन्तर छ ।
भुजुङमा निर्माण गरिएको फिल्म ‘मारय ट’ (सुनको फूल) हुँदै ‘म्ले क्यु’ (बिर्साउने पानी), ‘मारक्यु’ (सुनपानी) मा आबद्ध भएर काम गरे । गुरुङ फिल्ममा मनोज गुरुङ र माओत्से गुरुङसँग जोडिएपछि उनले यस क्षेत्रबारे अझ बढी बुझ्ने मौका पाए ।
गुरुङ समाज, समुदाय, चालचलन, रहनसहन, चार्डपर्व, संस्कृति राम्रोसँग बुझ्न थालेका उनले धेरैवटा गाउँको चिनारी म्युजिक भिडियो निर्देशन गरेर पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएका छन् । उनले यसैवर्षमात्रै गुरुङ फिल्म ‘ङोल्स्यो रानी’ (सोल्टिनी रानी) निर्देशन गरेका छन् ।
Related News
सम्बन्धित समाचार
सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
‘मनमाया’ गीतको भिडियो सार्वजनिक
राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो
सृष्टि मिस पोखरा
स्याङ्जामा ‘एक चिहान’ नाटक मञ्चन
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१