लेखनाथ । लेखनाथ हार्डवयर एसोसिएसनको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले निर्माणका सामग्री किनबेच गर्दा नाफाका लागि मात्र नभई, गुणस्तरीय निर्माण सामग्री प्रयोग गरी मजबुत निर्माणमा सहयोगीको भूमिका निभाउन आग्रह गरे । उनले व्यवसायीको क्षेत्राधिकार रुपा गाउँपालिकासम्म पुर्याउन लागि अनुरोध गरे ।
सोही अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले हार्डवयर्स व्यवसायीले लेखनाथको विकासमा पुर्याएको योगदानबारे चर्चा गरे ।
एसोसिएसन अध्यक्ष अर्जुनराज पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ कुटानी पिसानी व्यवसायी समिति अध्यक्ष विष्णुप्रसाद लामिछाने, लेखनाथ हार्डवयर एसोसियसन संस्थापक अध्यक्ष राजेन्द्र ओझा, वरिष्ठ सल्लाहकार भक्तबहादुर केसीलगायतले व्यावसायिक एकताको माध्यमबाट अगाडि बढ्नु पर्ने सुझाव दिए ।
एसोसिएसन महासचिव शिवराज अधिकारीले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष लक्ष्मण सुनारले स्वागत र निवर्तमान अध्यक्ष ऋषिराम जमरकट्टेलले धन्यवाद ज्ञापन गरे ।
Related News
सम्बन्धित समाचार
पुसमा २० औं लेखनाथ महोत्सव
आइकोनिक रिमझिम बल क्यान्डी
४ महिनामा साढे ४ खर्ब व्यापार घाटा
आदर्श समाजकर्मी शर्मा सम्मानित
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
hero news full width
मुख्य समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१